अचम्मको व्रत, कपाल मुन्डन गरेर दोस्रोपटक पानी अभियानको लागि भोकै बसे मित्र लाल पार्दे

इनेप्लिज २०७६ जेठ १९ गते २१:५५ मा प्रकाशित

म मेरो श्रीमान् को लागि व्रत बस्छु, म राम्रो केटा वा केटी पाउन व्रत बस्छु, या मेरो यो काम सफल होस भनेर व्रत बसेका हजारौ उदाहरण यो समाज मा ब्याप्त भेटिन्छन तर सुन्दा र हेर्दा अचम्म लाग्छ कि कोहि मान्छे पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा कपाल नै मुन्डन गरेर व्रत बस्छ। हो जुन दिन सम्म सरकारले हरेक घरमा पानी निशुल्क व्यवस्था गर्दैन त्यो दिन सम्म प्रत्येक वर्ष एक दिन भए पनि पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा बिहान देखि साझ अर्थात जुन दुई तारिख (जेठ २) ५ बजे सम्म व्रत बस्ने योजना अनुरुप यो बर्ष पोल्यान्ड वारसवाको Łazienki Park, 01-999 Warszawa पार्कमा आज आइतबार युवा समाजसेबि एबम सामाजिक ब्यक्तित्व मित्रलाल पार्देले त्यसरी नै कपाल मुन्डन गरेर बसेका थिए ।

पोल्यान्ड स्थित प्रवासी नेपाली एकता मन्च का अध्यक्ष टङ्क कटुवाल र नेपाली व्यवसायी संघ पोल्यान्डका अध्यक्ष आनन्द घिमिरे को उपस्थिति थियो भने केही पोलिस र नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुको उपस्थिती रहेको थियो। आफुले पनि यो अभियानमा पचास हजार सहयोग गरेर सहयोग गरेको र यो पुण्य काममा सम्पुर्ण देशभक्त नेपाली लाई जोडिन पनि आग्रह गरेका टङ्क कटुवालले राज्यले पनि यो पानी बिषयलाइ गहन्ताका साथ हेर्नू पर्नेमा उनको जोड थियो। व्यावसायिक संघ का अध्यक्षले यो अभियानले पानीको मह्त्व र प्रवासमा बसेर पनि देश मात्र नभएर समग्र विश्वकै चिन्ता र मायाका लागि गरिएको यो अभियान को खुलेर प्रसंसा गरेका थिए ।स्मरण रहोस् पहिलो व्रत फ्रान्कफर्ट जर्मनीमा तीन बर्स अघि पार्दे बसेका थिए । पानी अभियानको जन्म २०१६ फेब्रुअरी २९ तारिक आफ्नो जन्म दिनको अवसरमा पानी अभियान कर्ता स्वयम्ले रु नेपाली पचास हजार हालेर सुरु गरेका थिए । पानी अभियान स्वस्फूर्त अभियान भएकोले कसैलाई निमन्त्रणा गरेर नबोलाइएको उनको भनाइ थियो । ‘पानी अभियान स्वैच्छिक अभियान हो । पानी अभियान कुनै करकाप जबर्जस्ति अभियान होइन भन्दै केही पोल्यान्डमा रहेका व्यक्ती एवं सस्थाहरुलाई सार्वजनिक सरोकारको बिषय भएकोले सार्वजनिक रुपमै पत्रकार समिती पोल्यान्डले सहजीकरण गरि सार्वजनिक रुपमै सूचना प्रेषित गरेको थियो । पत्रकार समिती पोल्यान्डले पानी अभियानमा सरोकारवालालाई ध्यानाकर्षण गर्न प्रेरित गरेको थियो । पानी अभियान अन्तरआत्माको अभियान हो त्यसैले अभियान आफै बगोस स्वस्फूर्त बगोस यहि हो मेरो चाहना । यद्यपि पानी अभियानमा स्वैच्छिक एवं इच्छुक व्यक्तिहरु पार्कमा समावेश हुन सक्नुहुनेछ । ’अभियन्ता पार्दैको सबैसँग आग्रह पनि रहेको थियो।

अबको दुनियाँमा समाज परिबर्तन रगत को खोला बगाएर होइन पानी को धारा बगाएर मात्र सम्भब छ भन्दै खरो रुपमा प्रस्तुत भएका अभियान कर्ता ले हरेक चिज सम्भब छ गर्न लाई मान्छे सङ्ग धैर्यता र लगनशीलता जरुरी हुन्छ भन्ने कुरा राखेका थिए । पानी अभियान कर्ता पार्दे व्रत बसेको बगैचा पार्कमा आकाशे पानी आएर निथ्रुक्क परेका थिए र पानी रुझेर भए पनि उनको व्रत सफल भएको थियो । पोल्यान्ड नेपाल पत्रकार समितिका सचिब सुसन परियार ले सहजीकरण गरेको उक्त कार्यक्रम दिनभरिको व्रत पश्चात् साझपख करिब आधा घण्टा सबैको धारणा र राय सुझाब लिएपछि औपचारिक रुपमा पानी अभियान कर्ताको व्रत भङ भएको थियो।

सुसन परियार
सचिब नेपाल पत्रकार समिति पोल्यान्ड

प्रतिक्रिया