शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२५
वासिङटन डिसी 06:40

कपिल बस्तुमा नेपाल खेलाडी तथा प्रशिक्षण संघ गठन भएको छ् ।

इनेप्लिज २०७६ जेठ १८ गते २१:२५ मा प्रकाशित

जिल्ला खेलकुद बिकास र बुद्धशक्ति कराते डाेजो को आयोजना मा शुक्रबार सम्पन्न बैठक बाट नेपाल खेलाडी तथा प्रशिक्षक संघ कपिलवस्तु गठन भएको छ । जिल्ला खेलकुद कार्यलय प्रमुख मीन प्रशाद पोख्रेलको अध्यक्षतामा सप्पन्न बैठक बाट बुद्धशक्ति कराते बुद्धशक्ति डाेजो कपिलवस्तु का प्रमुख प्रशिक्षक रामु सुनार ( राजिब)को अध्यक्षता मा ११ सदस्यीय नेपाल खेलाडी तथा प्रशिक्षक संघ गठन भएको छ । गठित समिती को उपाध्यक्ष-दल बहादुर नेपाली , सचीव-सुरज थापा र कोष अध्यक्ष-बिजय शाह -सदस्यहरुमा सागर खासु , अंकिता थारु , धनमाया पुन ,सबिना आचार्य, जयराम थारु, दत्त पाण्डे र ईश्वरि गिरि लगायत सर्बसम्मतीले चयन भयको छ । जिल्ला लाई खेलकुद क्षेत्र मा अब्बल बनाउन र जिल्ला लाई खेल मैत्री बनाउन सम्पुर्ण खेल र खेलाडीहरुको संरक्षण गर्ने उदेश्य ले कपिलवस्तु मा संघ गठन गरिएको हो ।

सप्पन्न बैठकमा कराते , तेक्वान्दो , फुटबल र एथलेटिक्स लगायत खेलका प्रशिक्षक र विभिन्न खेलका अध्यक्ष तथा विभिन्न  खेल संग आबद्ध जिल्ला का ७५ जना खेलाडी हरु को उपस्तिथि रहेको थियो । यस्तै सल्लाहकारमा जि.खे.बि.स अध्यक्ष छवि रेसमी मगर, जि.खे.बि.स कार्यालय प्रमुख मीन प्रसाद पोख्रेल ,व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल , नगर खेलकुद प्रमुख बालकराम बुढा मगर, शिक्षक तथा खेलाडी बिक्रम के.सि. , समाजसेवि गणेश के.सि. ,  समाजसेवि तिलक गैरे ,चयन हुनु भएको छ । अब छिटै कपिलवस्तु भित्र रहेका हरेक गाउँपालिका तथा नगरपालिका मा समेत संघ गठन गरिने अध्यक्ष रामु सुनार (राजिव) ले जानाकारी दिनु भयको छ।

प्रतिक्रिया