कपाल खौरेर पानी अभियानको नाममा एक युवा पानी व्रत पोल्यान्डमा बस्दै

इनेप्लिज २०७६ जेठ १८ गते २०:०३ मा प्रकाशित

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् राज्यले नागरिकहरुलाई पानी निशुल्क दिनुपर्छ भनेर बिगत लामो समय देखि संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्दे जुन २ गते पानी अभियानको नाममा पोल्यान्ड वारसवामा व्रत बस्ने भएका छन् ।

हरेक राज्यले नागरिकलाई पानी दिन सकेन भने त्यो राज्य राज्य होइन र यो पृथ्वीमा कोहि पनि पानीको कारणले बिदेशिनु नपरोस् भनेर दोश्रो पटकको एक दिने व्रत उनी गर्दैछन् पहिलो व्रत फ्र्यान्कफर्ट जर्मनिमा गरेका थिए ।

पानी अभियान र पानी नपाएका आत्माहरुको नाममा उनले व्रत बस्नु भन्दा अघि कपाल पनि खौरिसकेका छन् ।
उनी लेख्छन्

देखिने पानी नपाउदासम्म नदेखिने भगवानको नाममा व्रत बस्नै सक्दैन ।पानी नहुदासम्म कपालमा जुम्रा परिरहनेछ , पानी नारा सफल नहुदासम्म म चिल्लाइरहनेछु मेरो कपालमा मेरो शरीरमै जुम्रा परिरहनेछ जुम्रा र खटिरा परेको शरीरले कसरी भगवानको नाम पुकारु ? भोलिको अनशन नभनौ स्वैच्छिक व्रत भनौ उक्त ब्रतको लागि आज कपाल नै खौरेको अवस्था । जुन दिन सम्म सरकारले हरेक घरमा पानी निशुल्क व्यवस्था गर्दैन त्यो दिन सम्म प्रत्येक वर्ष एक दिन भए पनि पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा बिहान देखि साझ ५ बजे सम्म व्रत बस्ने योजना अनुरुप यो बर्ष वारसवाको Łazienki Park, 01-999 Warszawa पार्कमा भोलि जुन २ गते आइतबार बस्न लागेको जानकारी गराइन्छ । स्मरण रहोस् पहिलो व्रत फ्रान्कफर्ट जर्मनीमा भएको थियो उक्त ब्रतमा सहभागी कमलेश अधिकारी र केशब ज्ञवाली हुनुहुन्थ्यो पानी अभियान स्वस्फूर्त अभियान भएकोले कसैलाई निमन्त्रणा गर्ने बोलाउने हुनेछैन ।पानी अभियान स्वैच्छिक अभियान हो ।पानी अभियान कुनै करकाप जबर्जस्ति अभियान होइन । यो अभियान अन्तरआत्माको अभियान हो त्यसैले अभियान आफै बगोस स्वस्फूर्त बगोस यहि हो मेरो चाहना । यद्यपि पानी अभियानमा स्वैच्छिक एवं इच्छुक व्यक्तिहरुले भोलि पार्कमा समावेश हुन सक्नुहुनेछ । “हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ।” #जयपानीअभियान

प्रतिक्रिया