नेपाली दूताबास लण्डनले ‘गणतन्त्र दिवश’ मनाए

रोशन मेवाहाङ्ग / इनेप्लिज डट कम २०७६ जेठ १७ गते २३:०७ मा प्रकाशित
रोशन मेवाहाङ्ग / इनेप्लिज डट कम
लण्डन जेठ १८ । नेपाली राजदूतावास लण्डनले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्यित गर्दै म्यानचेस्टरस्थित नेपालको पर्यटन र संस्कृति प्रवद्र्धन गर्न ‘गणतन्त्र दिवश’ को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोहमा ‘गणतन्त्र दिवश’ का प्रमुख अतिथि म्यानचेस्टरका लर्ड मेयर अविद लतिफ चोहानले २०३ वर्ष भन्दा लामो नेपाल–वेलायत सम्बन्धको चर्चा गरेका थिए ।  साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बेलायती नागरिकहरुलाई नेपाल भ्रमण गर्न आफूले प्रोत्साहन गर्ने बताएका थिए । चोहानले देशका नागरिकहरुबीचको प्रगाढ सम्बन्धले आगामी दिनमा वेलायतमा नेपालको संस्कृति प्रवद्र्धन हुनाका साथै नेपालसँग पर्यटन, व्यापार, लगानी र सहयोगका क्षेत्रहरुमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गराएका थिए ।

उक्त समारोहमा महामहिम दूताबास लण्डनका राजदूत डा.दुर्गा बहादुर सुवेदी तथा साहित्यकार दुबसुले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनैतिक स्थायित्वको महान गन्तव्यतर्फ अघि बढिरहेको बिचार व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वेलायती नागरिक र गैर आवासीय नेपालीहरुलाई आफ्नो परिवार र मित्रहरुसहित नेपालको भ्रमण गर्न अनुरोध गरेका थिए । साहित्यकार दुबसुले वर्तमान सरकारको प्रमुख लक्ष्य सुखी नेपाली र समृद्ध नेपालको निमार्ण गर्ने रहेको र सो लक्ष्य हाँसिल गर्नकालागि कानूनी र संरचनागत सुधार गरिरहेकाले नेपालमा लगानी र व्यापार विस्तार गर्न उपयुक्त समय रहेको कुरा बताएका थिए ।
दुरहाम विश्व विद्यालयका प्राध्यापक डा. म्यानुअल मार्कले ‘नेपाल राष्ट्रको सम्पदा लुम्बिनी क्षेत्रलाई वृहद रुममा बढाउन सकिने सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुति गर्दै लुम्बिनी क्षेत्रको ऐतिहाँसिक विकासक्रम र अनुसन्धान  हेर्न नेपाल भ्रमण गर्नुपर्ने विचार प्रस्तुत गरेका थिए । 

दूतावास लण्डनले पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न भिडियो क्लिपहरु प्रस्तुति गर्नुका साथै पर्यटन प्रवद्र्धन सामाग्रीहरुका प्रदर्शन र वितरण गरिएका कार्यक्रममा वेलायतमा रहेका नेपालीहरु माँझ बेलायत भ्रमणमा रहेका बरिष्ठ गायक प्रेमध्वज प्रधानले विभिन्न राष्ट्रिय गितहरु प्रस्तुत गर्दै आफ्नो भाषा, सँस्कृति , कला नर्विसन र नेपाललाई माया गर्न आग्रह गरेका थिए । 
नेपाली कलाकारहरुद्धारा विभिन्न राष्ट्रिय र आधुनिक गितहरुमा नेपालको सँस्कृति झल्कने ६ वटा नृत्यहरु प्रस्तुति गरिएको कार्यक्रममा म्यानचेस्टर क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी, कूटनैतिक नियोगका प्रमुख, मेयर, काउन्सिलर, पर्यटन व्यवसायी, उद्योग व्यापार सम्बद्ध महानुभाव, पत्रकार, गैर आवासीय नेपालीहरुलगायतको बाक्लो उपस्थिति रहेका थियो ।

प्रतिक्रिया