मानिसको बुझाउने गीत ‘म’ सार्वजनिक

इनेप्लिज २०७६ जेठ १७ गते १५:३८ मा प्रकाशित


काठमाडौं – राम्रो शब्द कोर्न माहिर गीतकार शङ्कर के राईको शब्द तथा फरक श्रृजना दिने संगीतकार डिबी खड्काको संगीत रहेको नयाँ गीत ‘म’ सार्वजनिक भएको छ । क्लासिक आधुनिक शैलीमा तयार गरिएको गीतले मानिसको परिचय गराएको छ ।

अमिर, गरिव, अभिनेता, प्रोफेसर, बिद्यार्थी, बिरामी, लाहुरे, गाउले, जागिरदार लगायत समाजका जुनै मानिस पनि पुर्ण हुँदो रहनेछ भन्ने गीतले प्रष्ट्याउन खोजेको छ ।

चर्चित गायक बिश्व नेपालीको स्वर रहेको गीत बजारमा अहिले भित्रिने गीत भन्दा निकै फरक छ । गीतको एक आकर्षक भिडियो समेत बनाइएको छ ।

फ्ल्यास ब्याक शैली अपनाएर बनाइएको भिडियो ब्यवसायिक कलाकार भन्दा पनि प्रतिष्ठित ब्यक्ति दलबहादुर वली तामाङ माथी फिचरिङ गरिएको छ । उमेरले ७० लागेका तामाङ ब्रिटीस आर्मीका रिटायर मेजर हुन् । धरान निवासी उनलाई गीतको भिडियोमा डा.एविन्द्र रुम्दाली राई लगायतले साथ दिएका छन् ।
गीतले मनोरन्जन दिनुको साथै सबै मानिसलाई एउटै सुत्रमा बाध्ने काम गरेको गीतकार शङ्कर के राइले बताए । उनले भने ‘गीतले गीत संगतिको महासागरमा एउटा फरक तर सही मार्गमा हिड्न उत्प्रेरित गर्ने गीतकार राईको भनाई रहेको छ ।

 

प्रतिक्रिया