बिहीबार, भदौ ५ २०७६
काठमाडौं २१:४१
वासिङटन डिसी 11:56

आईसि अध्यक्ष भवन भट्ट देखि निर्वाचन प्रमुख विश्व वराल सम्मलाई संजय थापाको प्रश्न ?

२०९३ सदस्यको कसले र कहिले प्रमाणित गर्यो भन्ने बिषयले सुनिल साह को कार्यकाल लफडा ,विवाद ,झगडा र मुद्धा मै जाने सम्भावना

इनेप्लिज २०७६ जेठ १६ गते २१:५३ मा प्रकाशित

एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार संजय थापाले एक छापा बिज्ञप्ति जारी गरि आईसि अध्यक्ष भवन भट्ट देखि निर्वाचन प्रमुख विश्वा वराल सम्मलाई प्रश्नको उत्तर मागेका छन् ।

बिगत दुई कार्यका देखि नै कचहरी ,अदालत ,विवादको चपेटामा मुसिएको एनआरएन अमेरिकामा त्यही दोहोरिने छाट देखिएको छ । २०९३ सदस्यको कसले र कहिले प्रमाणित गर्यो भन्ने बिषयले सुनिल साह को कार्यकाल लफडा ,विवाद ,झगडा र मुद्धा मै जाने सम्भावना बढेर आएको छ ।

यसै गरि अर्का अध्यक्षका उम्मेदवार सूर्य लम्सालले पनि मे २६ का दिन न्युयोर्कमा पत्रकार सम्मेलन गरेका छन् । लम्सालले पनि अन्तर्राष्ट्रिय संग जवाफ मागेका छन् ।

संजय थापाले मे २२ का दिन प्रमुख निर्वाचन आयुक्तलाई सम्वोधन गरेर पराजित अध्यक्षको हैसियतले ईमेल मार्फत राज्य अनुसारको पुर्ण मत परिणामको लागि अनुरोध गरेको थिए तर आज सम्म त्यसको कुनै जवाफ पाउन सकेको छैन भनि उक्त छापा बिज्ञप्तिमा जनाएका छन् ।

थापाले सार्वजनिक गरेको छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ता को त्यस्तै :

आदरणिय अमेरिकावासी नेपाली दिदीवहिनी, दाजुभाईहरु

हार्दिक अभिवादन,

एनआरएनए अमेरिकाको निर्वाचन भरखरै सम्पन्न भएको छ l परिणाम प्राप्त भई हार-जितको फैसला भइ सकेको आज १० दिन भयो । निर्वाचन सम्पन्न भए पछी एक मुष्ठ कसले कति मत प्राप्त गरे भन्ने कुरा निर्वाचन आयोगले १९ गते निर्वाचन सम्पन्न भए पछी २० गते विहान मत परिणाको आधारमा विजेता सहित धोषणा गरी विज्ञप्ति प्रकाशन गरेको पाईयो र केही दिनमा सवै राज्य सहितको पुर्ण विवरण आउने आशा थियो l यद्धपि परिणाम आएको यत्रो दिन हुँदा पनि पुर्ण विवरण सार्वजनिक नहुँदा उम्मेदवारको रुपमा निर्वाचनको मैदानमा जादॉ आफु निर्वाचित हुन्छु भन्ने विश्वासका साथ अगाडि वढेको हुन्छ र निर्वाचन परिणाम उसले सोचेको भन्दा विपरित भए पछी काहॉ निर कसरी अनुमान फरक परेछ भनेर जान्ने प्रयत्न गर्नु स्वभाविकनै हुन्छ l

सोहि अनुसार मैले मिति ५/२२/२०१९ को दिन प्रमुख निर्वाचन आयुक्तलाई सम्वोधन गरेर पराजित अध्यक्षको हैसियतले ईमेल मार्फत राज्य अनुसारको पुर्ण मत परिणामको लागि अनुरोध गरेको थिएँ l तर आज सम्म त्यसको कुनै जवाफ पाउन सकेको छैन । निर्वाचनको दौरान पनि धेरै पटक ईमेल द्वारा धेरै कुराहरुको अनुरोध गरिएको थियो र त्यतिवेला पनि कुनै उत्तर प्रतिउत्तर पाउन सकिएको थिएन ।

स्वाभाविक छ कि स्वयमसेवी सेवा गर्नु भएका हाम्रा निर्वाचन कमिटीमा रहने साथीहरुले यो निर्वाचन र निर्वाचन सम्वन्धि काम मात्र गरेर पुग्दैन आफ्नो काम पनि गर्नु पर्छ पुर्ण समय यता दिन सक्नु हुन्न तर पनि समय मिलायर हामीले सोधेको जिज्ञासाहरुलाई सम्वोधन गर्न त सकिनछ नि ? एकातिर निर्वाचनको अन्तिम समय सम्म पनि निर्वाचन हुन्छ कि हुदैन भनेर अन्यौल भइ रहँदा मतदान सुरु हुनु करिव २ धण्टा अगाडि मात्र सर्त सहित निर्वाचनमा जाने अन्तराष्ट्रिय समन्वय कमिटीको निर्णय र अर्को तिर २०९३ सदस्यको कसले र कहिले प्रमाणित गर्यो भन्ने प्रश्नले वजार तातिरहेको माहौलमा निर्वाचनको पुर्ण मत परिणाम पनि नपाउदॉ संस्था प्रति थप अविश्वास, वितृष्णा र असन्तुस्टी वढ्ने खतरा रहन्छ ।

तसर्थ निर्वाचन आयोग, राष्ट्रिय समन्वय समिति अमेरिकाको मौजुदा तथा नवनिर्वाचित वोर्ड र अन्तराष्ट्रिय समन्वय समितिलाई समेत आफुले गरेको निर्णय अनुसार काम अगाडि वढाउन र मतदानको पुर्ण विवरण साथै छानविनका वाकि कामहरु यथासक्य चाडै सम्पन्न गर्न अनुरोध गर्दछु ।

संजय थापा

अध्यक्षको उम्मेदवार एनआरएन अमेरिका

प्रतिक्रिया