रंगशालामा स्थानियले डोजर चलापछि रोए धुर्मुस (हेर्नुस् भिडियो)

इनेप्लिज २०७६ जेठ १५ गते २१:५५ मा प्रकाशित

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् ।

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो ।

तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए ।

https://www.youtube.com/watch?time_continue=1&v=aCzHg3fJo-E

प्रतिक्रिया