नेपाली कथानक चलचित्र ‘काचुँली’ को मुहूर्तसँगै छायांकन आरम्भ

इनेप्लिज २०७६ जेठ १५ गते ११:२२ मा प्रकाशित

काठमान्डाँ , जेष्ठ १५ ।

बिजि बर्माको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काचुँली’ को मुहूर्तसँगै छायांकन आरम्भ भएको छ ।

आज काठमान्डौँको यु एन पार्कमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक शंकर अधिकारी धायलले बताए । शंकरले यसअघि ‘सत्यम शिवम सुन्दम’ नामक चलचित्र निर्देशन गरेका थिए ।

चलचित्रमा बास्तविक जिवन भोगाईलाई समेटिने भएको छ । जसरी सर्पले समय र परिस्थिती काचुली फेर्छ त्यसै गरि मानिस ले रङ फेर्छ । शुभेच्छा थापा,अस्मि थापा , शुबास गजुरेल,राजन महर्जन ,रिजन बिशुन्खे,राजन श्रेष्ठ ,असिम थापा,अन्जना ज्योती ,भुमा सापकोटा,आर जे भिलेन, टेकराज शर्मा,मिलन तामङ,गोबिन्द लामा,धनराज सुब्बा,राजु पौड्याल ,रबिन श्री लगायतको अभिनय रहने भएको छ । मुख्य सहायक निर्देशक अशोक थापाको छ ।

संगीत ,राजेन्द बजगार्इँ, बाबुल गिरी,शंकर अधिकारी घायालको रहने भएको छ । चलचित्रको गीतमा नित्याशिवा,राजेन्द्र बजगाईँ,शम्भु रैका आवाजमा गीत रहने भएको छ ।शुशिल डाँगीको छायांकन सुशील ,राजन महर्जनको नृत्य रहन्े निमार्ण पक्षले बताएको छ । आगामी मंसिरमा चलचित्रलाई प्रर्दशन गरिने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए ।

प्रतिक्रिया