वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक

इनेप्लिज २०७६ जेठ १५ गते १:०१ मा प्रकाशित

वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ । आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् ।

भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।  सुन्दर गाउँ गरिब तर सुखी परिवार , धनिहुने लोभमा साहुसंग रिण निकालेर छोरा बिदेस । यता घरमा मुटु भन्दा प्यारी छोरीको बलात्कार गरि हत्या र त्यही समयमा छोराको लास बिदेसबाट बाकसमा यस्तै यस्तै वियोगान्त गितिकथा हो ‘कालो बादल’ । सुदुर पश्चिमको इतिहासमै फरक धारमा बनाइएको गितिकथा रहेको निर्माण टिम बताउ छन् ।

https://www.youtube.com/watch?v=A9LK38yE-yI

प्रतिक्रिया