सोमबार, असार ९ २०७६
काठमाडौं २२:५८
वासिङटन डिसी 13:13

युएनए सम्मेलन सम्पन्न ,अम्मर छन्त्यालको नेतृत्वमा सन् २०२० मा डिसी क्षेत्रमा हुने

हार्भर्ड तथा एमआईटिका बिद्यार्थीले युएनए सम्मेलनमा गहकिला विचार राखे

विजय थापा २०७६ जेठ १४ गते ०:४१ मा प्रकाशित

डिसी । चौथो युएनए सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । गत मे २५ र २६ का दिन न्यू योर्कमा आयोजना गरिएको युनाईटेड नेप्लिज एसोसिएसन(युएनए)को को दुई दिने सम्मेलनको अन्तिम दिन सन् २०२० मा डिसी क्षेत्रमा हुने घोषणा गरिएको छ ।

युएनए का संस्थापक पासांग लामाले मंच बाटै घोषणा गर्दै अम्मर छन्त्यालको नेतृत्वमा सन् २०२० मा डिसी क्षेत्रमा हुने घोषणा गरे । मंच मै एनआरएन अन्तर राष्ट्रिय का पूर्व अध्यक्ष शेष घले ,एनआरएन अन्तरराष्ट्रिय कै उपाध्यक्ष कुमार पन्त ,आयोजक समिति लगायत नेतृत्व लिने जिम्मेबार पाएका अम्मर छन्त्याल डिसी क्षेत्रका केही सामाजिक अभियन्ता सहित मंचमा पुगी स्वीकार गरेका थिए ।

सम्मेलनमा उपस्थित सबैले कर्तल ध्वनि बजाई अनुमोदन गरेका थिए । छन्त्याल ब्यबसायी हुन भने उनि हालै एनआरएनका संचालक समिति सदस्यमा बिजयी समेत भएका छन् । उनि म्याग्दी समाजका पूर्व अध्यक्ष पनि हुन् ।

आफूलाई विश्वास गरेर जिम्मेबार सुम्पिएकोले नेपाली समुदाय कै कार्यक्रम रहेको र बिशेष गरि युवाहरुको लागि युएनए भएकोले सबै वर्ग सबै संग सर सल्लाह गर्दै सबैलाई समेट्दै सन् २०२० मा डिसी क्षेत्रमा हुने पाँचौ युएनए सम्मेलन सफलता बनाउन कुनै कसर नछोड्ने छन्त्यालले ईनेप्लिजलाई बताएका छन् ।

डिसीमा हुने सम्मेलनको लागि समेत संस्थापक पासांग लामाले अहिले नै शेष घले तथा जमुना गुरुङ घलेलाई निमन्त्रणा मंच बाटै दिएका छन् । अर्को साल घले दम्पत्ति डिसी क्षेत्रमा आउनु हुने छ ।

अमेरिकाको मूलधारमा युवाहरुलाई कसरी समाहित र संलग्न गर्न सकिन्छ भन्ने उद्धेश्यले स्थापना भएको युएनएले हार्भर्ड तथा एमआईटिका बिद्यार्थीलाई खोजेर युएनए सम्मेलनमा आफ्ना गहकिला विचार राखे अवसर दिने गरेको प्रचलनलाई नेपाली समुदायले निकै राम्रो मानेका छन् ।

सम्मेलनमा वक्ताहरुका भाषणलाई अत्यधिक न्युनतम गर्दै उद्घाटन मै हार्भर्ड र समापन समारोहमा एमआइटिमा अध्ययनरत दुई बिधार्थीहरुलाई वक्ताका रुपमा प्रस्तुति गरेको थियो । उनीहरुका विचार र सारगर्भित मन्तब्य उच्च कोटी र श्रवण गर्न लायक रह्यो ।

दोश्रो पटक सम्मेलनमा अस्ट्रेलियाबाट आउनु भएका शेष घलेले संस्थाको बारेमा दुई बर्ष अगाडी त्यति थाहा नपाएको बताएका थिए । यसै गरि सयुक्त राष्ट्र संघ कि जोली अमात्यले पनि नेपाली समुदायको कार्यक्रममा आफूले वक्ताको रुपमा पहिलो पटक आएको बताउदै युएनए निकै प्रभावकारी रहेको बताईन । शेष घलेले पनि युएनएले अगाडी सारेको काम प्रति औधि मन पराएको बताएका थिए ।

संस्थापक अध्यक्ष पासांगलामाले पटक पटक मन्तब्य राख्ने क्रममा युवाहरु भनेका सम्भावनाका भण्डार हुन् उनीहरुका काँधमा जिम्मेबार दिनु पर्छ भन्ने कुरा स्मरण गराई रहे । उनले आफ्ना सफलताका कथा पनि सरल रुपले पस्केका थिए । पासांगले समापन समारोहमा ठूलो स्वरमा बोल्दै निशुल्क रुपमा पाइने चिज अभिबादन ,धन्यवाद ,स्वागतम ,राम्रो ,सुन्दर जस्ता शिष्टचारका शब्दहरु प्रयोग गर्न संकोच मान्नु नहुने बताए । यी पनि सफलताका माध्यम हुने बताए ।

सम्मेलनको लागि नेपाल बाट आएका गायिका इन्दिरा जोशी तथा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा ले पनि युएनए ले युवाहरुलाई परिचालन गरेको क्रियाकलाप तथा कार्य बाट प्रभावित हुदै मुक्त कण्ठले प्रशंसा गरेका छन् । अन्तिम दिन सांस्कृतिक कार्यक्रममा इन्दिरा जोशीले आफ्ना चर्चित गित तथा अन्य कलाकारहरुका कालजयी गीत बेजोड प्रस्तुति गरि दर्शकहरुलाई नचाएकी थिइन् ।

सम्मेलनमा बोस्टनका दोश्रो पुस्त्ताका बाल कलाकारहरु एवरेस्ट सांगीतिक टोलि ,भर्जिनियाकि रियाना दाहालको भरत नाटयम तथा बोस्टनका सारंगी प्रस्तुति गर्ने वरिष्ट कलाकार श्याम नेपालीको प्रस्तुति बिशेष बिशेष रहेको थियो ।

प्रतिक्रिया