गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी कतारमा मनोरञ्जन कार्यक्रम गरिने

भोला थापा २०७६ जेठ १३ गते १९:१० मा प्रकाशित

भोला थापा ,दोहा – आगामी ६ जुनमा कतारमा भव्य मनोरञ्जन कार्यक्रम हुने भएको छ । चितवनमा निर्माणार्थ ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी सहयोग कार्यक्रम ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को तयारी पुरा भएको हो ।

गत मे २६ तारिखका दिन गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङ लगायतको आयोजक टिमले एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको पूर्ण तयारी भएको बताए ।

कतारको सनैयस्थीत एसियन टाउनको एम्पिथियटरमा हुने उक्त कार्यक्रमलाई भरपुर मनोरञ्जन दिनका लागी नेपालदेखी नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरुः रबि ओड, विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी साथै नेपालको पहिलो अन्तर्रा्िष्ट्रय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु कविता नेपाली,प्रतिभा पुन,सरोज मोक्तान र रबिन भुजेल उक्त कार्यक्रमलाई भरपुर मनोञ्जन दिने छन ।

सम्मेलनमा आयोजक गुरुङले कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जन सहित देशको झझल्को मेटाउने छ भन्नेमा ढुक्क रहेको बताउदै ,कार्यक्रम मार्फत चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गर्ने पनि बताए ।

गुरुङले पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमबाट नाफा वा घाटाजे भए पनि क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा समेत गरेकाछन । यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमका ग्राण्ड फिनाले समेत कतारमा भव्य रुपमा सम्पन गरेका थिए ।

शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने उक्त कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका चर्चित गायक कुलेन्द्र बिक, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारको पनि कार्यक्रममा प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।

 

प्रतिक्रिया