बुधबार, असोज २९ २०७६
काठमाडौं ०५:४२
वासिङटन डिसी 19:57

बेलायतमा गोर्खा कपको उपाधि यफसी तोङबाले चुम्यो

इनेप्लिज २०७६ जेठ १३ गते १३:१८ मा प्रकाशित


रोशन मेवाहाङ्ग /इनेप्लिज डट कम–
लण्डन, जेठ १३ । अल्डरसटस्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा सम्पन्न ‘गोर्खा कप’ फुटबल प्रतियोगिताको उपाधि यफसी तोङबा केन्टले उपाधी हात पारेका छन् ।


यफसी तोङबाका खेलाडीहरु व्रिगेड अफ गोर्खाज अन्तर्गत गोर्खा ईन्जिनियरमा कार्यरत बेलायती गोर्खा सैनिकहरु हुन् । समाजसेवि सर्घष राई र गाज गुरुङद्घारा स्थापना गरिएको यफसी तोङबाले सन् २०१४ मा पहिलो पटक ‘गोर्खा कप’ को उपाधी चुमेका थिए । यफसी तोङबालाई यस बर्ष मनोज गुरुङले प्रबन्धक गरेका थिए ।

तमुधि बेलायतले आयोजना गरिएको ‘गोर्खा कप’ फुटबल प्रतियोगिता यो बर्ष १७ औ संस्करण हो । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने ‘गोर्खा कप’ प्रतियोगितामा मुख्यतर्फ ३२ टिम र भेट्ररानतर्फ १० टिमले प्रतिस्पर्धा गरेका थिए । करिब नेपाली रुपैयाँ ७० लाख खर्च हुने अनुमान गरिएको ‘गोर्खा कप’ खेलको नतिजा हेर्न मात्र नभएर, विशेष प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु समेत भेटघाट गरिने गोर्खा कपमा झण्डै ३५ हजार दर्शक प्रत्येक बर्ष सहभागी रहने आयोजक टिमले जानकारी दिए ।
मुख्य समुहको नतिजा;


सैनिक ग्यारिजनको परिसरमा आईतबार विहान ९ बजेबाट शुरु गरिएको नकाउट खेलको सेमिफाइनलमा ‘दाजुभाई क्लब’ लाई हराउदै फाईनल खेलमा यफसी तोङबाले प्रवेश गरेका थिए । त्यसैगरी रिडिङ यफसीले ‘विविसी’ को गोर्खा कपको उपाधी चुम्ने सपना अधुरो बनाउदै फाईनल खेलमा प्रवेश गरेका थिए । पहिलो हाफको खेलमा दुवै तर्फ गोल हुन नसक्दा दुवै टिमका कोचहरु विरामी झै देखिएका दोस्रो हाफ खेलको ११ औ मिनटमा यफसी तोङबाका जर्सी नम्बर ११ समिर थेबेले करिब १५ यार्डबाट प्रहार गरेको बललाई विपक्षी गोल रक्षकले अनुमान गर्न नसक्दा त्यो बल गोलमा परिणत भएको थियो । खेलको १३ औ मिनटमा तोङबाका गोल रक्षक र रिडिङका जर्सी नम्बर ९ लाई खेलको अनुशासन भङ्ग गरिएकोमा रेफ्रि रिचर्डले पहेलो कार्ड दिएका थिए । दोस्रो हाफको अन्तिम समयमा यफसी तोङबाका सानो डिबक्सभित्र जर्सी नम्बर १२ मिनकुमार थापाको हातमा अचानक बल ठोकिन पुग्दा रेफ्रिले रिडिङ यफसीलाई पेनाल्टी सुट गर्ने निर्णय गरेका थिए । तर उक्त निर्णय लाई तोङबाका जर्सी १२ मिनकुमार थापाले अनुशासन अपहेलना गर्दै रेफ्रिलाई जताभावि बोलेको कसुरमा रेफ्रि रिचर्डले सिधै रातो कार्ड दिएर थापालाई खेलबाट निकाली दिएका थिए ।


तोङबाका हुनहार खेलाडि मिनकुमार थापा बाहिरीए पछि झरीमा चट्याङ बर्जिए झै खेल अवधिभर यफसी तोङबाले बर्जपात खेपिरहनु प¥यो । दोस्रो हाफ खेलको पुरा समय अवधीमा १–१ गोलमा खेल टुग्गिएको थियो । पुरा समय सम्म पनि खेलको नतिजा नआए पछि निर्णायक समुहले १० मिनट समय थप गरेका थिए । उक्त समयमा पनि खेलको नतिजा नआए पछि यो बर्ष गोर्खा कपको नतिजा पेनाल्टी सुट बाट निर्णय गरिएको थियो । तोङबाका जर्सी नम्बर १६ संन्देश गौचनले पहिलो पेनाल्टी प्रहार गरेका थिए । जर्सी १० अर्पण गुरुङले दोस्रो पेनाल्टी प्रहार  गरेका थिए भने जर्सी १६ विकाश गुरुङ तेस्रो र जर्सी ७ तेजहाङ राईले खेलको निर्र्णायक पेनाल्टी (४–२) गर्दै कपको उपाधि चुमाउन सफल भएको हो । उक्त प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी रिडिङ यफसीका जर्सी नम्बर २ सुनिल गुरुङ घोषित भएका थिए ।
भेट्रान समुहको नतिजा;


मुख्य खेल तर्फ ३२ प्रतिस्पर्धी र १० भेट्रानगरि ४२ टिमले प्रतिस्पर्धा गरिएको प्रतियोगितामा भेट्रानतर्फ खेलको पुरा अवधिभर दुवै टिमले गोल गर्न नसके पछि पेनाल्टी सुटबाट निर्णय गरिएको थियो । एफसी केन्टले ईलाम एफसीलाई ३–२ ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो ।ईलाम यफसीका विशाल राई र लेख राईले मात्र पेनाल्टी गरेका थिए । ईलामका जर्सी नम्बर २३ कमल राईले लिग खेलमा गोल गर्दै ईलाम यफसीलाई फाईनलमा प्रवेश गराएका हु्न् । बुद्धी सुनुवारले मेनेजर गरिएको केन्ट यफसीका भास्कर राई र ईलाम यफसीका लेख राई २–२ गोल गरेता पनि भास्कर राई भेट्रान तर्फ टप स्कोरर र डिल्ली थापा उत्कृष्ट खेलाडी घोषित भएका छन । भेट्रानतर्फ विजेता टिम एफसी केन्टले नेपाली रुपैयाँ १ लाख ७० हजार र उपविजेता टिम ईलामले १ लाख १५ हजार नगद , कप तथा प्रमाण–पत्र प्राप्त गरे । प्रमुख विजेता टीम यफसी तोङबाले ३ लाख ५० हजार र उपविजेता रिडिङले २ लाख १५ हजार साथै मेडल तथा प्रमाणपत्र पाएका थिए । विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिथी रसमोर बोरो काउन्सिलकी मेयर सु कार्टर , आयोजक तमुधिं बेलायतका अध्यक्ष र गोर्खाकपका प्रमुख संयोजकलगायतले फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको मुख्य आकर्षण;


अल्डरसट सैनिक ग्यारिजनका चिफ अफदि आर्मी स्टाफ पाराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा पारासुट प्रदर्शन हरेक बर्ष गरिन्छ । गोर्खा कपको थप मुख्य आकर्षण गराउदै पारासुटबाट नेपाल, बेलायतको राष्ट्रिय झण्डा र तमुधिंको झण्डा फर्रफराउदै पाराजम्परहरु रंगशालाको सहि निशानीमा झरेका दृश्य दर्शककालागि मुख्य आकर्षण रहने बताउँछन । तर यस बर्ष भने मौसम प्रतिकुलताका कारण पारा जम्पिङ रद्घ गरिएको थियो
भेट्रानतर्फको पहिलो हाफ खेल सके लगतै गायक सपन राईले ‘जहाँ छन् बुद्घका आखाँ’ बोलको गीत गाएर उपस्थित दर्शकहरुलाई मनोरन्जन गराएका थिए । एकेन्द्र गुरुङले रचना गरेका ‘गोर्खा कपमा स्वागतम्’ बोलको गीतमा सयपत्रि सांस्कृतिक समुहका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।, अन्य ५०औ च्यारिटी तथा व्यापारिक स्टलहरु गोर्खा कपका आकर्षण रहेका थिए । नेपाली मेलाको रुपमा मानिने कार्यक्रमलाई नेपाली दूतावास लण्डन, ब्रिगेड अफ गोर्खाज, नेपाली समुदाय , गैर आवासीय नेपाली संघ बेलायत र रसमोर बरो काउन्सिलले साथ दिदै आएका छन् ।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्ने मनसायले उक्त प्रतियोगिता हुदै आएको र खेल प्रेमीहरुको खेलमा प्रगती होस साथै खेल खेलेर भरपुर मनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष भेटघाट मनोरञ्जन तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गदै आएको गोर्खाकपका पदाधिकारीहरुले बताए ।

प्रतिक्रिया