८ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ उपाधि

इनेप्लिज २०७६ जेठ १२ गते १२:२९ मा प्रकाशित

काठमाडौं – ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ बिजेता छानिएका छन् । बिभिन्न उमेर समुह गरेर मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ नामका बिजेता चुनिएका हुन् ।

शनिबार बालकुमारीस्थित म्युजिक सिटी हलमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा सबै बिजेताले शिर्ष उपाधिको साथमा बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे ।
एक्सपोज नेपालको आयोजना रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी गर्दै भबिश्य निर्माणमा अग्रसर गराउने रहेको थियो ।

चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘ लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागीता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगितामा पुर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।

प्रतिक्रिया