गायक आर पि अवस्थिको नयाँ डेउडा गीत “कालो बादल” सार्बजनिक

इनेप्लिज २०७६ जेठ ११ गते ११:३९ मा प्रकाशित

गायक आर पि अवस्थिको नयाँ डेउडा गीत “कालो बादल” सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा दिपक संगम बीसी, देवी घर्ति र पूर्णकला बीसीले अवस्थिलाई साथ् दिएका छन् । गीतमा गायक अवस्थिकै शब्द/रचना रहेको छ भने दिपक संगम बीसीको संगीत रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । बासु बरालले छायांकनअनि भिम थापाको निर्देशनमा रहेको भिडियोमा आर पि अवस्थि आफै लगायत रश्मी भट्ट ,दिपक संगम बीसी ,पशुपति खनाल, डोल बहादुर थापा र सुर्य मगरको अभिनय रहेको छ ।

भिडियोमा सुदुर पश्चिम्को इतिहासमै फरक धारमा बनाइएको गिति कथामा आधारित सुन्दर गाउँ गरिब तर सुखी परिवारको माया प्रेम, धनिहुने लोभमा साहुसंग ऋण निकालेर छोरा बिदेस पठाए पछि छोराको लास बिदेस बाट पर्काए पछि छोरीको बलात्कार गरि हत्या गरिएको कथा बस्तु लाई भिडियोमा देखाईएको छ

प्रतिक्रिया