उत्कृष्टता खोज्दै चलचित्र निर्देशकहरु कार्यशाला तथा सम्मानको तयारी तीव्र

इनेप्लिज २०७६ जेठ १० गते ११:०५ मा प्रकाशित

काठमाडौँ, १० जेठ । नेपाली चलचित्र क्षेत्रको विकासका लागि चलचित्र निर्देशकहरुले उत्कृष्टता खोजी गर्ने भएका छन् ।
नेपाल चलचित्र निर्देशक समाजले आगामी असार ७ गते काठमाडौँमा बृहत भेला राख्दै “उत्कृष्टता खोज्दै चलचित्र निर्देशकहरु कार्यशाला तथा सम्मान समारोह २०७६” गर्न लागेको हो । पछिल्लो समयमा नेपाली चलचित्र बनेपनि उत्कृष्ट कम आउन थालेको भन्दै निर्देशकहरु भेला भएर उत्कृष्टता खोज्न लागेका समाजका उपाध्यक्ष दिपक खाँडले जानकारी दिए भने यसको तयारी यतिवेला तीव्र पारिएको छ । जसका लागि समाजका कार्यबाहक महासचिव शेखर खनाल, कोषाध्यक्ष विश्वदिप घिमिरे, चलचित्रकर्मी गणेश सुवेदी लगायतको टोलीले काम तीव्र बनाएकोे छ ।

“मौलिकसगैँ समय अनुसारका उत्कृष्ट चलचित्र नबन्दा दर्शक समेत हल आउन छोडे कार्यबाहक महासचिव शेखर खनालले भने, अब कार्यशालासगैँ अग्रसलाई सम्मान गर्दै नयाँ निकास दिन कार्यक्रम गर्नलागेका हौँ ।”

एक दिने कार्यशालामा हिजोको दिनमा नेपाली चलचित्रलाई माया गर्ने दर्शक कसरी फेरि हल भरिने गरि आर्कषित गर्ने , मौलिक र समसामयिक चलचित्र कसरी बनाउने, हिजो बनेका उत्कृष्ट चलचित्रको प्रयोग बारेमा बृहत्तर छलफल गर्ने भनेर उपाध्यक्ष दिपक खाँडले बताए ।

सोही अवसरमा चलचित्र क्षेत्रमा काम गरेका दुई जना निर्देशकलाई सम्मान र ६० बर्ष कटेका निर्देशकलाई आजिवन सदस्य प्रदान गर्ने कार्यक्रम रहेको खाँडले जानकारी गराए ।

कार्यक्रम सम्पन्न गर्न र सहकार्यका लागि विभिन्न संघसस्थासगँ छलफल भईरहेको कोषाध्यक्ष विश्वदिप घिमिरेले बताए । उनले कार्यक्रम सम्पन्न १२ लाख रुपैयाँ खर्च हुने बताए ।

कार्यक्रममा विविध सास्कृति प्रस्तुती समेत गर्ने समाजले जनाएको छ ।

प्रतिक्रिया