तीन नेपाली महिलाहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित गरिने

इनेप्लिज २०७६ जेठ ९ गते २३:०२ मा प्रकाशित

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक साईबर बैठकले तीन नेपाली महिलाहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित गरिने भएको छ ।

बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट बिशेष योगदान दिँदै आएका बिदेशमा बस्ने तीन जना नेपाली महिलाहरुलाई नेपालको १२औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते २०७६ का दिन ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको हो ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको उक्त साईबर बैठकमा दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया) र जीवन प्रसाई (स्पेन) को उपस्थिति रहेको थियो।

स्मरण रहोस, प्रतिष्ठानका सबै सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन्।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानबाट प्राप्त भएको छ ।

प्रतिक्रिया