मंगलबार, असार ३ २०७६
काठमाडौं १६:३१
वासिङटन डिसी 06:46

एनआरए अमेरिकाको निर्वाचन धाँधली भएको भन्दै , मुद्धा हाल्नको लागि पैसा संकलन सुरु

इनेप्लिज २०७६ जेठ ८ गते ०:०५ मा प्रकाशित

एनआरए अमेरिकाको निर्वाचन धाँधली भएको भन्दै मुद्धा हाल्ने तयारीको भै रहेको जानकारी प्राप्त भएको छ । बिशेष श्रोतका अनुसार मुद्वाको लागि ख़र्च जुटाउदै गरेको जानकारी समेत प्राप्त भएको छ ।

अधिवक्ता संग कुरा अगाडी बढाई सकिएको बुझिएको छ । निर्विचनमा २ हजार ९३ जना बिना प्रमाणीकरण सदस्यता फेला परेको पुनर्गठन ५ सदस्यीय प्रमाणीकरण समितिले समेत पत्रकार सम्मेलन मार्फत जानकारी गरेका थिए ।

बिशेष श्रोतका अनुसार उक्त बिषय नै बिबादमा रहेकोले यस्को समाधान नगरि निर्वाचन गराएको भन्दै असन्तुष्ट रहेकाले कानुनी उपचारको लागि प्रक्रिया अगाडी बढाउने भएको बुझिएको छ ।

२ हजार ९३ सदस्यता लाई कस्ले स्वीकृत गरेको पत्ता नलागेको पुनर्गठन ५ सदस्यीय प्रमाणीकरण समितिले जनाएका थिए । ९ हजार १ सय ५७ सदस्य मध्ये कैयौका गोप्य निजि बिबरण चोरी भएर बाहिर आएकोमा यसको जवाफ पनि नआएकोले असन्तुष्ट भएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको सम्पन्न निर्वाचन बाट अध्यक्ष पदमा सुनिल शाह बिजयी भएका छन् । सुनिल शाहले ३ हजार ७ सय ११ मत ल्याएका थिए भने अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ तथा संजय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गरि उप बिजेता भएका छन् ।

प्रतिक्रिया