मंगलबार, असार ३ २०७६
काठमाडौं १६:४२
वासिङटन डिसी 06:57

मिसिगनमा नेपाली चमेना गृह टेस्ट अफ हिमालयको उद्घाटन हुने

इनेप्लिज २०७६ जेठ ७ गते १०:५२ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यको नोभाई शहरमा नेपाली चमेना गृह टेस्ट अफ हिमालयको उदघाटन हुने भएको छ ।  मे २१ मंगलबारको दिन बाट प्रारम्भ गरिने उक्त चमेना गृहमा नेपाली ,भारतीय र नेपाली स्वाद मन पराउने बिदेशी सबैको लागि लक्षित गरि खोलिएको संचालक उज्जवल खड्काले बताएका छन् ।

आज देखि खोलिने हुनाले यस क्षेत्र वरपर बसोबास गर्नु हुने नेपाली समुदायलाई एक पटक चमेना गृहमा आई स्वाद लिन हुन् अनुरोध गरिएको छ ।  नेपालीहरुलाई मन पर्ने मोमो ,ब्रियानी ,कुखुराका विभिन्न परिकारहरु,साल्मोन माछा आदी ईत्यादी उपलब्ध हुने जनाइएको छ । नेपाल र नेपालीको खाना परिकार चिनाउने अनि नया स्वादमा आँपको बिभिन्न परिकारमा सामग्री उपलब्ध हुने छन् ।

स्थान :  27292 Novi Road, Novi MI 48377

प्रतिक्रिया