मंगलबार, असार ३ २०७६
काठमाडौं १७:३४
वासिङटन डिसी 07:49

क्यासीनोको राजधानी डलासमा उभौली रौनक

इनेप्लिज २०७६ जेठ ७ गते १०:०२ मा प्रकाशित

दिवस कोयू,

नेपाली समुदाय यतिखेर अमेरिकामा उभौलीको रौनकमा रौसिएका छन । येलेदोङ् ५०७९को अवसरमा किरात राई सोसाइटी अफ अमेरिका टेक्सास् च्यापटरको आयोजना मे १८ मा उभौली साकेला अयोजना भएको हो । यो विभिन्न संघ-संस्था र समुदायको सहभागिता तथा ऐक्यवद्धत भएको पहिलो औपचारिक उभौली साकेला हो । सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना आदन-प्रदान गर्दै किरात राई सोसाईटी अमेरिका टेक्सास् च्यापटरले डलासमा उभौली अयोजना गरेको अध्यक्ष दिलीप राईले बताउनुभयो ।

नेपाली इतिहास र पहिचानलाई अमेरिकामा जोगाई राख्न उभौली/उधौली चाँडलाई भव्य रुपमा संस्थाले विभिन्न सहरहरुमा मनाउदै आएका बताउदै प्रमुख अतिथि मणी वाङ्देलले भन्नुभयो, ‘हाम्रा सांस्कृतिक, प्रथाजन्य सामाजिक परम्परा, मूल्य र मान्यताका तथा विविधतालाई गाँसेर सामाजिक सद्भाव फैलाउदै जानु पर्छ ।’

‘बालकेदखि वृद्धासम्म एउटै लहरमा गोलाकार बनाइ सामूहिक रूपमा नाचिने नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको छ ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र राईले भन्नुभयो, ‘हाम्रा संस्कार संस्कृति र पहिचानले हामीबीचका सामाजिक, साँस्कृतिक विविधताको अनुपम एकता र प्रगाढता बढाएको छ ।’

प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रन्ने प्रकृति पुजक किरात समूदायको विश्वास रही आएको छ । साकेला थानमा पितृ र भूमिको पुजा गरेपछि साकेला सीलीको भाकामा हात र खुट्टाले भाका सीली टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्रयाउने बेला मंसीर पूर्णिमामा २ पटक मनाउने चलन छ ।

मे २५ मा किरात राई सोसाईटी अफ अमेरिका न्यूर्योक च्यापटरलेसमेत न्यूर्योकको क्युन्सब्रिज पार्कमा उभौली आयोजना गर्दैछ ।

प्रतिक्रिया