शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२४
वासिङटन डिसी 06:39

युएनए सम्मेलनको तयारी द्रुत गतिमा ,बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर सहितले सहभागिता जनाउने

इनेप्लिज २०७६ जेठ ७ गते ०:३८ मा प्रकाशित

डिसी ,बिश्व कै सम्राट राज्य न्यू योर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलनको तयारी द्रुत गतिमा चलिरहेको छ । उक्त सम्मेलनओ अलागी नेपाल लगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् ।

मेमोरियल दिवस (स्मारक ) को अवसरमा आउदै गरेको सम्मेलन अस्ट्रेलिया बाट घले दम्पति पनि आउने छन् साथै गैर आवसीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्ट जापानबाट आउने छन् ।

युएनएका संस्थापक पासांग लामा टेक्सस बाट न्यू योर्क आई सकेका छन् भने नेपाल सरकारका बाणिज्यदुत एसी शेर्पा ,टेक्सस बाट गौरी राज जोशी तथा न्यु योर्क शहरका लागि परिषद सदस्य कोस्टा कंस्टयाटिनिडिस को पनि सहभागिता हुने छ ।

यसै गरि प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायत अन्यहरुको सहभागिता हुने छ ।

युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामाले सबैलाई सहभागी हुन् आग्रह ईनेप्लिज मार्फत गरेका छन् ।

सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ । यस पटक पनि एनआरएन बिश्वका पूर्व अध्यक्ष शेष घले ,वर्तमान अध्यक्ष भवन भट्ट तथा युएनएका पासांग लामाले समेत उत्प्रेरणादायक आफ्ना कथा सुनाउने छन ।

प्रतिक्रिया