शनिबार, साउन ३२ २०७६
काठमाडौं १७:१८
वासिङटन डिसी 07:33

डिसीमा मुरलीधर साँझ कार्यक्रम सम्पन्न

विजय थापा २०७६ जेठ ७ गते ०:०४ मा प्रकाशित

 

डिसी ।अमेरिकाको मेरिल्याण्डमा आयोजना गरिएको ‘मुरलीधर सांझ कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । गायक,कलाकार,निर्देशक मुरलीधरले डिसी महानगर क्षेत्रका नेपाली समुदाय संगभेटघाट गर्न चाहना गरे अनुसार समय व्यवस्थापन गर्न सक्ने उनको कार्यक्रम हेर्न दर्शक पुगेका थिए ।

गत मे १८ शनिबारका दिन मेरिल्याण्डको गेथर्सबर्गमा कार्यक्रम गरिएको थियो । उनको कार्यक्रम गर्न डिसी क्षेत्रका सामाजिक अभियन्ताहरु क्रमस सीता पाण्डे ,बिष्णु कु थापा ,मंजु संग्रौला ,प्रकाश नेपाल ,पुस्कर पन्त ,गोपाल बिश्वकर्मा तथा बिजया शाहले समुदाय जुटाएका थिए ।

मूरलीधरको ‘उडायो सपना सबै हुरीले’, को अतिरिक्त थुप्रै चर्चित गीतहरू छन् । उनले लगभग १ सय भन्दा ज्यादा नेपाली गीत गाई सकेका छन् भन हिन्दी, मैथिली र भोजपुरी गीतहरू पनि थुप्रै गाएका छन् ।

उक्त कार्यक्रममा कलाकार मुरलीधरलाई तबलामा प्रमोद उपाध्याय ,गिटारमा बिश्व राज थापा तथा सुगन्ध श्रेष्ठले साथ दिएका थिए । कार्यक्रमको समापनमा वरिष्ठ लोक गायक प्रेम राजा महत बिशेष धन्यवाद दिएका थिए । कार्यक्रममा मुरलीधरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सीता पाण्डेले स्वागत गरेकी थिइन् भने बिष्णु कुमारी थापाले पनि बोलेकी थिइन् ।

कार्यक्रम संचालन परशुराम तिमिल्सिनाले गरेका थिए भने कलाकार पुस्कर पन्त ,कलाकार कन्हैया सिंहल लगायतले अन्य कलाकरहरुले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा केसी डान्स सेन्टर का कलाकारहरुको नृत्य प्रस्तुति रहेको थियो ।

मुरलीधरले भारतीय चलचित्र ‘मिस्टर इन्डिया’ लगायत नेपाली चलचित्र सम्झना ,साइनो, कन्यादान, पिरती,लगायतमा अभिनय गरि सकेका छन् । भोजपुरी र मैथिली चलचित्र निर्माण समेत गरेका छन् । खलनायक तथा नकारात्मक भूमिकामा अभिनय गर्ने मुरलीधर गायक, संगीतकार र गीतकार हुन् । मुरलीधर रेडियो नेपालका पुराना गायक हुन्।

प्रतिक्रिया