शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२५
वासिङटन डिसी 06:40

कर्म गर फलको आश नगर (गीता) छोरीहरु अत्यन्त खुशी छन् यस्ता कम गर्न पाउदा

इनेप्लिज २०७६ जेठ ५ गते २२:१२ मा प्रकाशित

२०७२ को महाभुकम्पको बेला ठुली छोरी कृतिमाको पहलमा नाइट फर नेपाल अभियान संचालन गरि केहि पैसा जम्मा गरेर तत्कालीन अवस्थामा भुकम्प पिडितहरुलाई राहत उपलब्ध गराएको कुरा यहाँहरु माझ पुनः स्मरण गराउन चाहन्छु । यति बेला ठुली छोरी कृतिमा अध्ययनको लागी अमेरिका भन्दा बाहिर रहेकी छिन् ।

उनले सुरुवात गरेको यो अभियानलाई उनकी बहिनी इच्छाले निरन्तरता दिदैछिन् । सोही अभियानको निरन्तरता स्वरुप गत अप्रिल २७ शनिवारको दिन कोपेल सिटि अफिस को ग्राउण्ड भाडा लिएर हाम्री सानी छोरी इच्छा लगायत उनका विद्यालयका साथीहरुले नाइट फर नेपाल इभेन्ट कार्यक्रमको भब्यताका साथ आयोजना गरेका थिए ।

नेपालमा दुःख पाएका, समस्यामा परेका, असाहय, अनाथ, जेष्ठ नागरिकलाई केहि सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्य तथा सेवा नै मानव जीवनको ठुलो धर्म हो भन्ने भावना बमोजिम साना नानीहरुले गर्न लागेको यो कार्यक्रममा नेपाली समुदाय बाट केहि मनकारी मन भएका दाजुभाई दिदीबहिनी हरु को पनि सहयोग रहेको थियो ।

सबै को सहयोगले नै नानीहरु यस्ता परोपकारी कार्यमा उत्साही हुन्छन् जो जसले सहयोग गर्नु भयो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नानीहरुलाई हौसला र आर्शिवाद दिनु भयो दिनु भयो हामी आमा बाबा र छोरीहरु हजुरहरु प्रति आभारी छौ, इच्छा छोरी प्रति गर्व गर्दछौं किन कि दिदी चाहि नहुदा पनि एक्लै साथीहरु लाई साथमा लिएर सेप्टेम्बर वाट यो काम को होमवर्क सुरु गरेकी थिइन् र अप्रिल को २७ मा काम सकाइन तर यो बीच मा दुःख भने धेरै गरेका छन् ।

यू एस डलर $४५१९० जम्मा गर्न सफल भएका छन् । यो रकम कुनै पनि हेल्थ सेक्टर मा लगाउने छोरीहरु को चाहना छ । अझै पनि हजुरहरुलाई सहयोग गर्न मन भएमा गर्न सक्नु हुन्छ र टिसर्टहरु धेरै नै बाकी भएकोले कमसेकम एउटा एउटा किनी दिनुहोला भन्ने पनि छोरी ले आसा गरेकी छिन । यसमा खर्च पनि लाग्छ सबै खर्च कटाएर ४३०० डलर जम्मा गर्न सफल भईन छोरी इच्छा! यो भन्दा पहिला दिदि बहिनि मिलेर लगभग $10,000 जम्मा गरेका थिए ।

यो प्रोग्रामलाइ सफल बनाउन र छोरीलाई सहयोग स्वरुप हौसला दिनु हुने व्यक्तिहरुको नामावली : सुइ थाइप $ २०,सन्तोष बिष्ट $ २० ,विकास न्यौपाने $ ४० ,गौरी जोशी $ १०१ ,राजेश अर्याल $ १००,आरजु उप्रेती $ १०० ,ज्ञानेन्द्र कार्की $ १००,बिनय अर्याल$ १००,हरिबोल तिमिल्सिना$१०० ,केदार तिमल्सिना $ १०० ,विकास उप्रेती $ १०० तथा अमृत सापकोटा $ २० गरि  $ कूल ९४० संकलन भएको थियो ।

प्रतिक्रिया