मंगलबार, असार ३ २०७६
काठमाडौं १७:२६
वासिङटन डिसी 07:41

अमेरिकामा पनि बुद्ध जयन्ती मनाइयो

प्रस्तुत कर्ता डिग बहादुर तामाङ्ग २०७६ जेठ ५ गते १५:०१ मा प्रकाशित

प्रस्तुत कर्ता डिग बहादुर तामाङ्ग,

शान्तिका दूत सिद्धार्थ गौतम बुद्धको २५६३ औ जन्मदिनलाई ,१८, २०१९ बिश्वभरि विभिन्न कार्यक्रम गरि मनाए।अमेरिकामा रहेको पहिलो पशुपती बुद्ध मन्दिर मेरिल्याण्ड राज्यमा पनि विभिन्न कार्यक्रम साथ मनाइएको खबर उक्त मन्दिरका कार्यकारणी अधक्ष्य  खिलेन्द्रमणि न्यौपानेबाट जानकारी हुन आएको छ ।करिब पाँचसयको हाराहारीमा उपस्थित स्थानीयहरुको सहभागीतामा उक्त कार्यक्रम भएको थियो । विहानैदेखि खाईवा कर्म लामा योन्जनले त्यस मन्दिरको प्रांडगनमा रहेको शाक्यमुनि मुर्तिमा सुनको जलपले पुन पेन्ट गरेर, त्यसपछि उक्त परिसरमा तोराणहरु जस्लाई तामाङ भाषामा लङ्गतोर धज्र्यू भनिन्छ टागेर साँचिकै पवित्र भूमि लुम्बीनि नै पो होकि भन्ने भान पार्ने गरि सिंगारिएको थियो तामाङ्ग सोसाइटी अफ ग्रटेर वासीटन डिसीको सौजन्यताबाट ।

स्थानीय बुद्ध धर्मसंघको नेतृत्वमा ॐ मुणि महामुण शाक्यमुणि मन्त्र उच्चारण गरेर स्थापित बुद्धको सालिक परिक्रमा गरेर, स्थानीय कलाकारहरु द्वारा प्रस्तुत भजनपछि, नेपालबाट आएका ख्याती प्राप्त कलाकार मुरलिधरले बुद्धम् सरणम् गच्छामी, धर्मम् सरणम गच्छामी संघम् सरणम् गच्छामी क्रर्णप्रिय भजनपछि मात्रै शान्तीको पुजा तामाुङ्ग लामाहरुद्वारा बज्रयाना तवरले बुद्धरत्न मर्हजनको प्रार्थना भजन पछि, प्रसाद सेवन गरेर मनमा शान्ति बोकेर आ आफनो घर घरमा फर्के  स्थानीय नेपालीहरु ।

तस्विर :विश्व थापा

 

 

प्रतिक्रिया