गायक डोलराज न्यौपानेको ”पिरती “ भिडियो सहित

इनेप्लिज २०७६ जेठ ५ गते १४:१४ मा प्रकाशित

रोशन पोखरेल , काठमान्डाँ

सदाबहार लोक दोहोरी गायिका पुर्णकला विसी र गायक डोलराज न्यौपानेको स्वरमा रहेको ”पिरती “ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेमका कहानीलाई गीतमा निकै रोचक रुपमा समेटिएको गायक डोलराजले बताए ।

आफनी प्रेमीकालाई निकै माया गर्ने र घरमा आफना आमा बावु सगँ कुरा गर्ने कुरा गीतमा गरिएको छ । डोलराज न्यौपानेको शब्द तथा गणेश बावु विश्वकर्माको लय सिर्जना एवम पुर्ण सम्योगको एरेन्ज गीतमा रहेको छ ।

परिवारको साथ भएमा जिवनमा प्रेमको सफलता हुने कुरालाई समावेश गरिएको छ । हरिष महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ”पिरती “ गीतको भिडियोमा अनिल विष्ट प्युठानी , साया भण्डारी र रोशन नेपालीको अभिनय तथा नृत्य रहेको छ ।
”पिरती “ गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया