झण्डै ३५ लाखसहित तीन हुन्डी कारोबारी पक्राउ

इनेप्लिज २०७६ जेठ ५ गते १२:५१ मा प्रकाशित

काठमाडाैँ, ५ जेठ । प्रहरीले काठमाडाैँको चावहिलबाट ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तको विशेष टोलीले  ३९ लाख ८९ हजार नगदसहित अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अवैध हुन्डी कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको पुष्टि गरे । उनले ती कारोबारी दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका आधारमा रकमसहित पक्राउ गरिएको जानकारी दिए। उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया