शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:३०
वासिङटन डिसी 06:45

भर्जिनियाका अस्पताल बिरामीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले राष्ट्र कै दोश्रो स्थानमा

विजय थापा २०७६ जेठ ४ गते २१:५० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राष्ट्रमंडलमा रहेका अस्पतालहरु बिरामीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले राष्ट्र कै दोश्रो स्थानमा पर्न सफल भएका छन् । गैर मुनाफा सामाजिक संस्था लिपफ्रगका अनुसार उनीहरुले सफासुग्घर ,संक्रमण ,जटिलता तथा अमेरिकाभरिका मृत्यु संख्यालाई मुल्यांकन गर्दै भर्जिनियाका अस्पताल दोश्रो स्थानमा रहेको उल्लेख गरेका छन् ।

भर्जिनिया राष्ट्रमण्डलका अधिकांश अस्पतालहरुले ए र बि अंक पाएका छन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटी (भिसीयु )स्वास्थ्य पद्धति तथा साउथसाइड क्षेत्रीय चिकित्सा केन्द्रले अरु भन्दा कम अङ्क सी पाएका छन् किनभने उनीहरुले संक्रामण रोक्न सकेका अरुको तुलनामा सकेका छैनन् ।

यसै गरि भिसीयु ले शल्य क्रियामा अन्यको तुलनामा औसत अंक प्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया