शनिबार, साउन ३२ २०७६
काठमाडौं १७:१४
वासिङटन डिसी 07:29

न्यू जर्सीमा सम्पन्न वाको युएसए मा ठकुरीलाई रजत पदक

इनेप्लिज २०७६ जेठ ४ गते १०:३७ मा प्रकाशित

गत शुक्रबार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसए को उक्त प्रतियोगितामा पोइन्ट फाइट(अंक युद्ध )र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट(कालो फित्ताधारी )प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

उनि २९ बर्षिय मिलर ओमारी संग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो । त्यसै गरि ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।

ठकुरी भन्छन हार जित भैरहन्छ ,म ४४ बर्ष उमेर भएकोले २९ बर्ष को युवा संग खेल्न मज्जा आएको बताए । उनले भने दुइ चोटी ढाल्न पनि पाएको बताए । यो अंकको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिए ,अलिक नियन्त्रण गरेको भए खेलले बाजी मार्न सक्थे उनले भने ।

नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू भएको बताए । पदक नजिती ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन उनि भन्छन ।

ठकुरी भन्छन , म आफ्नो शरीर जिउदो रहुन्जेल, हात खुट्टा चलुन्जेल खेल खेलिराख्ने इच्छा भएको बताए ।

 

प्रतिक्रिया