शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:३७
वासिङटन डिसी 06:52

बोष्टनको मासाचुसेटस् स्टेट हाऊसमा पहिलोपटक बौद्द जयन्ती , नेपालीहरु ऊत्साहित ।

यम पौडेल बोष्टन २०७६ जेठ ४ गते १०:१७ मा प्रकाशित

यम पौडेल \ बोष्टन \ मे १५, २०१९

बोष्टन स्थित मासाचुटस राज्यको स्टेट हाउस 24 Beacon st., Boston ,MA 02108 मा यहि मे २० सोमबार, दिऊसो १२ बजेदेखि बौद्द जयन्ती बिशेष समारोह हुने भएको छ । एशियन अमेरिकन कङ्ग्रेसम्यानहरुको एशियन अमेरिकन कमिसन अफ मासाचुसेटस को पहलकदमी र एशियन अमेरिकन ककस अफ मासाचुसेटसको पुर्ण सहयोगमा एशियन हेरिटेज मन्थ सेलिब्रेसनको यस मे महिना मा यसपटक “लाईट अफ एशिया “ भगवान गौतम बुद्द को जन्म जयन्ती को पावन अबशरलाई मध्यनजर गरेर पहिलोपटक बुद्द जयन्ती सेलेब्रेसनले प्रबेश पाएको हो । यसको लागी कमनवेल्थ अफ मासाचुसेट, एशियाली अमेरिकन आयोग का आयुक्त (कमिशनर) माननिय प्रल्हाद के सि ले बिगत केहि बर्ष देखि अथक प्रयास गरि आऊनुभएको थियो ।

आयोजकका अनुसार ऊक्त बुद्द जयन्तीमा स्टेट हाऊस (गभर्नर) अनि हाऊस अफ स्पिकर ( सभामुख) दुबै को प्रतिनिधित्व हुने जनाईएको छ । साथै यहाका सिनेटर, कङग्रेस म्यान, बिभिन्न देशका डिप्लोम्याट डिग्नोटोरिजहरु , मेक्सिको, ताईवान, क्यानाडा जर्मनी, द. कोरिया लगायतका देशका काऊन्सुल जनरल र नेपाल,चिन, श्रीलङका, कोरिया आदी देशका बौद्द भिक्षुहरुको सहभागीता रहनेछ । साथै लिन शाक्यमुनी बिहार, अर्लिङटन बौद्दिष्ट सेन्टर, वेकफिल बौद्दिष्ट कम्युनिटि समेतबाट भिक्षु मङ्क हरुको सहभागिता रहनेछ । बिशिष्ट डिग्निटरिजहरुबाट लाईटिङ ऊत्सव हुनेछ पहिलोपटक यसरी सरकारी तवरबाट बुद्द जयन्ती मनाऊदा भगवान बुद्द र ऊहाको जन्मस्थान नेपालको बारेमा प्रभावकारी मेसेज जानेछ । नजिक आइरहेको भिजिट नेपाल अनि भिजिट लुम्बिनिलाई समेत सहयोग पुग्नेछ ।

अतः स्टेट हाऊसको बुद्द जयन्ती सफल पार्न ग्रेटर बोष्टनमा रहेका नेपाली नेपाली सँघ सँस्था एकजुट भएका छन । जसमा जिबिएनसि, पशुपतिनाथ बुद्द फाऊण्डेशन, एन आर एन बोष्टन, हिमालयन लायन्स क्लब अफ मासाचुसेटस, बोष्टन तमु समाज, बोष्टन गुरुङ समाज, नेवा अर्गनाईजेशन अफ न्यु इङ्लैण्ड, नेवा अर्गनाईजेशन अफ अमेरिका बोष्टन च्याप्टर,बोष्टन तामाङ सोसाइटी, युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका बोष्टन च्याप्टर, शेर्पा समाज बोष्टन,बोष्टन मगर समाज, थकाली समाज बोष्टन, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोष्टन, एन डब्लु जि एन बोष्टन, मधेषी एशोसियशन अफ नेपाल न्यु इङल्याण्ड च्याप्टर रहेका छन । सबैलाई समेटि नमस्ते रेष्टुरेन्ट तथा बेडफोर्ड स्थित कमिसनर प्रल्हाद के सि को घरमा भएको मिटिङ बाट बिभिन्न जिम्मेवारी बाडफाड गरिएको छ । जसअनुसार जिबिएनसि को नेतृत्वमा सबै तैयारी अगाडी बढेको छ ।जिबिएनसि का बर्तमान अध्यक्ष अर्जुन कुवर ले सँयोजकको भुमिका निभाई रहनुभएको छ ।प्रचार प्रसार गर्नुभएको छ । समय भएसम्मका सबै नेपालीलाई बौद्द जयन्ती नछुटाऊन अनुरोध गर्नुभएको छ । बुद्द जयन्तीमा सिङ्गो नेपाली कला सस्कृति को प्रतिनिधित्व गर्दै “घाटु नृत्य, कुमारी डान्स, लाखे नाच, देखाऊने तयारी भएको छ साथै बिशेष नमो बुद्द म्युजिक प्रस्तुत हुने जनाईएको छ ।

साच्चिनै यस पटक हुने बुद्द जयन्ती सेलेब्रेसनले बोष्टनमा सबै नेपालीको मन तानेको छ यहाका प्राय सबै नेपाली सँघ सँस्थाहरु बुद्द जयन्ती मनाऊन लागीपरेकाले नेपालीहरु धेरै न ऊत्साहित भएका छन । समय मिलेसम्मका नेपालीलाई स्टेट हाउस जान आव्हान भएको छ । यहाका हिमालयन बिष्ट्रो,कोरियन्डर बिष्ट्रो, हिमालयन किचन, नमस्ते रेष्टुरेन्ट, टेष्टी मम, मम एण्ड करी, हलाल इण्डियन कुसिन, पँजाब रेष्टुरेन्ट, हाऊस अफ तन्दुर ले बिभिन्न एपिटाइजर सात्विक भेजिटेरियन फुडको सौजन्य ब्यबस्था गरेका छन ।

स्मरण रहोस, बैसाख पुर्णिमाका दिन शान्तीका अग्रदुत भगवान गौतम बुद्दको जन्म भएको हो यहि दिन बुद्दले बोधिसत्व ज्ञान र महापरिनिर्बाण प्राप्त गरेका हुन यसलाई बौद्द धर्मालम्बीहरु त्रिसँयोगीय दिवसका रुपमा समेत मनाऊने गर्दछन यस्तो पुण्य तिथि आगमनको सु अवशरमा स्टेट हाउसमै बुद्द जयन्ती मनाऊन पाऊनु नेपाल नेपालीको लागी कम खुसीको कुरा हैन अत्यन्तै गर्बको कुरा हो । ऊक्त दिन १६ वटै सँस्थाका नेपालीहरु धेरै भन्दा धेरै सहभागी हुन सके बोष्टन स्टेट हाऊसको बुद्द जयन्ती साच्चिनै ऐतिहासिक हुने देखिन्छ ।

धन्यबाद ।

प्रतिक्रिया