मंगलबार, जेठ ७ २०७६
काठमाडौं ००:२४
वासिङटन डिसी 14:39

एनआरएन अमेरिकाको चुनाव हुने ,निक्लियो निकास

इनेप्लिज २०७६ जेठ ४ गते १:३९ मा प्रकाशित

गत मे १६ विहीबार गठन भएको समितिले गत शुक्रबार टेक्ससमा सम्पन्न पत्रकार सम्मेलन मार्फत जटिल र चरम विवाद रहेको निर्वाचनको पुन : प्रमाणीकरण गर्नु पर्ने काम फत्ते गरेको छ ।

अहोरात्र खटेर ५ सदस्यीय समितिले समस्याको किनारा लगाए पछि एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ का दिन पक्का हुने र मतदान बिहान शनिबार ८ बजे देखि हुने भएको छ । समितिमा बिनय अर्याल ,विजयराज भट्टराई, पदम भण्डारी, दिनेश शर्मा र ओम भट्टराई सदस्य रहेका छन् ।

स्मरण रहोस पूर्व सदस्यता प्रमाणीकरण समितिमा रहेका बाल जोशीले २ हजार २ सय ७, पवन योञ्जनले १ हजार सात सय ६४ र रामकुमार सुवेदीले २ हजार ७ सय ७२ जनाको सदस्यता स्विकृत गरेका थिए ।

२ हजार ९३ जना बिना प्रमाण सदस्यता फेला परेको समेत पत्रकार सम्मेलनमा उक्त समितिले जानकारी दिएको थियो । एनआरएन आईसिसिले एनआरएन अमेरिकाको चुनाव समाधानको उपाय निकाली दिए पछि अन्तत्वगत्वा सदस्यता प्रमाणीकरण गरि निर्वाचन समितिका आयुक्तलाई अमेरिकाका लागि क्षेत्रीय संयोजक गौरी राज जोशीले बुझाएका छन् । ।

विवाद चुलिए पछि क्षेत्रीय संयोजक गौरी राज जोशीले हाललाई चुनाव स्थगित गर्न निर्देशन दिएका थिए । तर प्रमुख निर्वाचन आयुक्तले समय मै निर्वाचन हुने भने पछि बिबाद चर्केको थियो । एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिले अस्थायी रुपमा गाठो परेको उग्र विवादलाई खोलि दिएको थियो ।

एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिले पुन :मतदाता विवरण प्रमाणीकरण गरे पछि निर्वाचन समितिलाई बुझाउने र तेश्रो सरोकार वाला बिक्रेतालाई बुझाई निष्पक्ष र पारदर्शी निर्वाचन गराउन निर्णय गरेको थियो ।

आईसीसी बैठकले विवरण प्रमाणीकरण समितिले प्रमाणीकरण गरेर बुझाएको तथ्यांकलाई अनुसार सही ढंग बाट गराउन समेत निर्णय गरेको थियो ।

प्रतिक्रिया