मंगलबार, जेठ ७ २०७६
काठमाडौं ०१:१२
वासिङटन डिसी 15:27

मेरिल्याण्डका शाखाका अध्यक्षका प्रत्यासी द्वारा निर्वाचनको आचार संहिता उलंघन गरेकोमा उजुरी

इनेप्लिज २०७६ जेठ ४ गते १:०९ मा प्रकाशित

 

 

एनआरएन अमेरिकाको भोलि मे १८ र १९ का दिन हुने निर्वाचनमा मेरिल्याण्ड शाखाका उम्मेदवार डोलनाथ घिमिरेले निर्वाचन को आचार संहिता उलंघन गरेकोमा निर्वाचन आयोगमा उजुरी परेको छ ।

मेरिल्याण्ड शाखा को लागि अर्का अध्यक्षका प्रत्याशी महेन्द्र देशारले आज मे १७ का दिन उक्त उजुरी दर्ता गराएका हुन् । गत मंगलबार मे १५ देखि कुनै पनि उम्मेदारले प्रचार प्रसार गर्न न पाइने भनि निर्वाचन आयोगले आचार संहिता लागु गरेको थियो ।

सामान्य जानकारी बाहेक प्रचार प्रसार गर्न नपाइने अवस्थामा डोलनाथ घिमिरेले मे १७ का दिन प्रचार प्रसार गरेको प्रमाण सहित अध्यक्षका उम्मेदवार महेन्द्र देशारले निर्वाचन आयुक्त लगायत सबैलाई प्रमाण सहित जानकारी गराएका छन् । देशारले आचार संहिता उलंघन गरेको दाबि समेत गरेका छन् ।

प्रमाण सहित का कागजात यहाँ संलग्न छ ।

प्रतिक्रिया