अंहमले भरिएको लोकतान्त्रिक स्वतन्त्रता कसको लागी?

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ जेठ ३ गते २३:५३ मा प्रकाशित

उपप्रधानमन्त्री उपेन्द्र यादव र पत्रकार शुसिल पाण्डेयले यो हप्ता नेपाली बजार निकै तताए। हुन त त शीर्फ शीर्षक पढेर आफ्नो अभिव्यक्तीमा गालीको भाषा प्रयोग गर्ने बानी परेको नेपाली पाठक वर्गले मलाई माफिया र दलाल भनेर दोष पक्कै थुपार्छन।

उनको भेगका जनताले सम्मान दिएका र विस्वाश गरेका नेता हुन, यसो भनेर उपप्रधानमन्त्री उपेन्द्र यादवको कुरा गर्दा धेरैलाई रिस उठ्ला तर उनी राजनीतिमा पकड भएका व्यक्ति हुन भन्नेमा दु्ईमत पक्कै छैन साथै नेपाल सरकारका उपप्रधानमन्त्री समेत हुन, पत्रकार शुसिल पाण्डेय र एभिन्युज टेलिभिजनले ठाडो प्रश्न सोध्न पाउनु पर्छ र सोधिन्छ भनेर जसरी आफ्नो बचाउ गरेको छ, त्यसै गरी अन्तरवार्ता दिने व्यक्तिले पनि प्रतिप्रश्न गर्न पाउछ र आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच आउने अवस्थामा अन्तर्वाता भंग गर्न पाउछ जुन अधिकार उपप्रधानमन्त्रीले गरे। पत्रकार मित्रको सबैभन्दा ठुलो अहम “ तपाई नेपाली मिडीयालाई शिष्टता सिकाउने” भन्ने भनाई हो। एकल व्यक्तिले आफुलाई संस्थाको संज्ञा दिएर सम्पुर्ण संस्थालाई नै विवादमा मुछ्नु पत्रकारको मुर्खता हो र उनले बुझ्नु पर्ने कुरा के हो भन्ने प्रेसलाई राष्ट्रको चौथों अंगको रुपमा लिइन्छ किनकी सुशासन र सुद्धृीकरण साथै राजनैतिक तथा सामाजिक स्थिरतामा प्रेसको मुख्य भुमिका हुन्छ। दिनप्रतिदिन समाज नकारात्मक गतितिर बढ्नुमा दोषी राजनैतिककर्मीहरु हुन कि राजनैतिककर्मीका मातहतमा रहेर नाच्ने प्रेसकर्मीहरु हुन?

विनाश काले विपरीत बुद्धि भनेझै समाजलाई गतिशीलता दिनुको सट्टा विपरीत दिशातिर लैजाने काममा विद्धान र बुद्धिजीविवर्ग नै पर्छन भन्ने कुरा प्रेमसिं बस्न्यात, सुरेन्द्र के सी, मिनेन्द्र रिजाल, सिके राउत, नामका अगाडी डाक्टर जोडीएकाहरु नै हुन।

एउटा सानो उदाहरण, बहुमतको सरकार छ नेपालमा आफुलाई प्रजातांत्रिक वा लोकतान्त्रिक भन्ने कांग्रेस प्रतिपक्षमा छ, धेरै पढेलेखेका र शिक्षित सांसद कांग्रेसकै तर्फबाट होलान संसद यदि अनुपातिक हिसाब किताब गर्ने हो भने। तर कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल लगायतको प्रतिनिधी सभाका बैठकमा निहालेर हेर्दा यस्तो लाग्छ आजका युवा पुस्ता आक्रामक हुनुमा यिनीहरुकै दोष त छैन? नेपाली सांसदहरु प्रतिनिधिसभाको बैठकमा यस्तो नांगो र घीनलाग्दो नाच देखाउन जसको प्रत्यक्ष असर समाजमा पर्छ अनि समाजमा अपराध बढ्यो भनेर कहिले पोर्न साइट बन्द गर्ने त कहिले पब्जी बन्द गर्छ सरकार।

जनप्रतिनिधी ती व्यक्ति हुन जसलाई जनताले आफ्नो आवाजलाई अधिकारमा परिणत गर्न, समान नियमकानुन र एेन तोक्न, देश विकास गर्न, आफुले तिरेको करको सही सदुपयोग गर्न विश्वास गरेर चुनेर पठाएका व्यक्ति हुन तर जब मिनेन्द्र रिजाल जस्ता व्यक्तिले नै तल्लो स्तरको व्यवहार देखाउछ भने अरुबाट के अपेक्षा गर्ने? बारम्बार मैले मिनेन्द्र रिजालको नाम लिनुको कारण उनी गुरु हुन, शिक्षक हुन, अमेरिका छोडेर देश विकास गर्न नेपाल फर्किएका व्यक्ति हुन तर प्रतिनिधि सभाको बैठकहरुमा उनले आफुलाई प्रस्तुत गर्ने शैली देख्दा लाग्छ, के मिनेन्द्र रिजाललाई अझै पनि उनका विद्धर्थीहरुले त्यस्तै श्रद्धा गर्छन होला, जुनबेला उनी प्राध्यापक हुदा गर्थे? सांसद हुदैमा त्यही गाइजात्रा देखाउनु पर्छ?

हरेक सिक्काका दुइपाटो भए झै, १०० प्रतिशत कही पनि भेटिन्न अर्थात कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुनु पुर्ण प्राकृतिक कुरा हो।

हुन त राजतन्त्र असफल हुनुमा राजसंस्थाले जनभावनाको कदर गर्न सकेन भनेर दोष लगाउने अहिलेका गन्यमान्य नेता पनि कुनै दिन त्यही समाजका सदस्य थिए, आज सरकारी गाडी र भवनमा बस्दैमा आफ्नो अतीत भुले भन्दा लाजमर्दो हुन्छ।

राष्ट्रप्रति विध्या भण्डारीले साधारण जीवन जिउदा राजाको सवारी भोगिनन् होला? राजाको सवारीको जाममा कुर्नु काठमाण्डौवासीको राजसंस्थाप्रति वितृष्णा पैदा हुनुको एक प्रमुख कारण थियो। अर्को प्रमुख कारण राजसंस्था र जनताबीच समानताको ठुलो खाडल थियो, यही विवीध कारणले गर्दा नै राजसंस्था हटाउन जनताले साथ दिएका थिए तर वर्षौ बितिसक्दा पनि उही राजतन्त्रकै परम्परा जिम्मेवार नेतृत्वले गर्नु आफै पतनको बाटो रोज्नु हो।

अल्लाह अकबर तेरे नाम सबको सन्मति दे भगवान!!
 
बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रीया

प्रतिक्रिया