एनआरएनए आईसीसीले एनआरएन अमेरिकाको चुनावको चरम विवादलाई समाधान गर्ने उपाय निकाल्यो

इनेप्लिज २०७६ जेठ ३ गते ०:२८ मा प्रकाशित

आगामी मे १८ र १९ तारिखमा हुने निर्वाचन चरम बिबादमा पुगे पछि एनआरएन आईसिसिले एनआरएन अमेरिकाको चुनावलाई समाधान गर्ने उपाय निकाली दिएको छ । मे १६ तारिख आईसिसीको २ चरणमा बसेको बैठकले विभिन्न निर्णय गर्दै २४ घण्टा भित्र सदस्यता प्रमाणीकरण गर्न र बुझाउन समय दिएको छ ।

मतदाताको ब्यक्तिगत बिबरण चोरी भएको ,अध्यक्षका उम्मेदवार संजाल (बेबसाईट )प्रकरणमा संलग्न रहेको ,स-प्रमाण बाहिर आएको अवस्था र अन्य कारणहरु सहित बिरोधको स्वर गुन्जायमान भए पछि मे १६ तारिख आईसिसीको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुलाई बोलाईएको थियो । विवाद चुलिए पछि क्षेत्रीय संयोजक गौरी राज जोशीले हाललाई चुनाव स्थगित गर्न निर्देशन दिएका थिए । तर प्रमुख निर्वाचन आयुक्तले समय मै निर्वाचन हुने भने पछि बिबाद चर्केको थियो ।

मतदाता अन्यौलमा परेको अवस्थामा आफ्नो अडानमा रहेर क्षेत्रीय संयोजक गौरी जोशीको बिशेष पहलमा सबैको लागि चुनाव हुने बाताबरण ल्याई सहयोग गरेका छन् । सम्भवत गैर आवासीय नेपाली संघ अमेरिकाको ईतिहासमा यसरी अध्यक्षका उम्मेदवारका प्रतिनिधि समेत रहने आईसीसीको निर्णयलाई स्वागत गरेका छन् । गौरी जोशी मार्फत आईसीसीले सही समयमा हिरा फोरेका छन् ।

चौतर्फी निर्वाचन निस्पक्ष हुन् न सक्ने तथा अन्य कुराहरुको शंका उपशंका उब्जिए पछि आइसीसीमा सुझाव र जानकारी दिने मध्ये अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)ले आफ्नो अन्तरिम प्रतिबेदन मार्फत उठाएका कुराहरुलाई आईसीसी ,एनसीसी ,ईसी र उम्मेरवारले समेत गम्भीर रुपमा लिएर निर्णयमा पुगेकोले स्वागत गर्दै मतदाताको सूचना चुहावटको छानवीन र सदस्यहरुको नामावली पुन प्रमाणीकरण हुने भएकोमा सबैलाई धन्यवाद दिएको छ । अध्यक्षका प्रत्यासी संजय थापाले पनि यस्ता बिषयमा पटक पटक आवाज बुलन्द पारेका थिए भने उनले चाहेका सबै कुराहरु लगभग आईसीसीले निर्णय गरि दिएको छ ।

यो विवादलाई समाधान गर्न अन्तरराष्ट्रिय समन्वय समितिले अस्थायी रुपमा गाठो परेको उग्र विवादलाई खोलि दिएको छ । बैठकको मुख्य उद्धेश्य एनआरएन अमेरिकाको निर्वाचन निस्पक्ष र पारदर्शी होस् भन्ने हेतुले आयोजना गरिएको हो ।

उक्त बैठक द्वारा सूचना प्रविधिमा गहिरो ज्ञान भएका ५ सदस्यीय समिति विवरण प्रमाणीकरण समितिको निर्माण गर्ने जसमा अध्यक्षका एक सदस्य ,आईसीसी बाट एक जना तथा एनसीसी बाट एक जना गरि बैठक सकेको १ घण्टा भित्र प्रमाणीकरण समिति बनाउनु पर्ने निर्णय गरेको छ ।

क्षेत्रीय संयोजक गौरी जोशीले उक्त समितिको संकलन गर्ने निर्णय गरेको छ । उक्त नया ५ सदस्यीय समितिले दर्ता भएका सदस्यहरुको पुन प्रमाणीकरण गर्ने छ ।

पुन :मतदाता विवरण प्रमाणीकरण गरे पछि निर्वाचन समितिलाई बुझाउने र तेश्रो सरोकार वाला बिक्रेतालाई बुझाई निष्पक्ष र पारदर्शी निर्वाचन गराउन निर्णय गरेको छ । बैठकले विवरण प्रमाणीकरण समितिले प्रमाणीकरण गरेर बुझाएको तथ्यांकलाई अनुसार सही ढंग बाट गराउन समेत निर्णय गरेको छ ।

उक्त बैठकले विवरण प्रमाणीकरण समिति ड्याल्समा भएको हुनु पर्ने भन्दै मे १७ ,अमेरिकाको केन्द्रिय समय १८ बजे सम्म उक्त प्रमाणित गरेका प्रतिबेदन बुझाउन समेत निर्देशन गरेको छ ।

साथै एनसीसीले मतदाता प्रमाणीकरण समितिलाई पूर्ण सहयोग गर्न समेत निर्णय गरेको छ । विवरण प्रमाणिकरण समितिले सम्पूर्ण दर्ता अभियानको समयमा विवरणको पहुँच हुनु पर्छ, अघिल्लो समितिहरूका लग (दर्ताबही)प्रतिवेदन र तेस्रो पक्षले विवरण व्यवस्थापन प्रक्रियामा राख्नु पर्दछ भनि निर्णय गर्दै निर्देशन दिएको छ ।

यदि कुनै पनि प्रकारको कम्प्युटर को दुरुपयोगको लागि विवरण बेमेल र दर्ताबही (लगइन)मा केही विसंगति फेला पर्यो भने विस्तृत अनुसन्धान / प्रमाणिकरण आवश्यक पर्दछ र समाधान भए पछि मात्र निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको लागि क्षेत्रीय संयोजक गौरी जोशीले २ र अध्यक्षका उम्मेदवारले १ प्रतिनिधि निर्वाचनमा पठाउने छन ।

निर्वाचन समितिले चुनाव प्रक्रियाको पूर्ण पहुँच प्रदान गर्नका लागि खटाइएका ति प्रतिनिधिहरु सुरु देखि अन्त सम्म रहने छन् । निर्वाचन समितिले तेस्रो पक्ष सँग मतदान प्रणालीको सर्त र नियमहरूको बारेमा आफ्नो संजालमा प्रकाशित गर्नु पर्ने र उनीहरुको अनुरोधमा उम्मेदवारहरुलाई प्रदान गर्नु पर्ने समेत निर्णय गरेको छ ।

प्रमाणित गरेका मतदाता विवरण आइसीसी एनआरएनए को एमआईएस पद्धतिमा पुन राख्नु पर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया