‘ सुनसान रातमा’ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७६ जेठ २ गते १०:४६ मा प्रकाशित

अमेरिकामा भएका सयौ नेपाली कलाकारहरु मध्यका एक हुन गायक प्रनिम राई। उनको दैनिकी निरन्तर काममा बित्छ तर गीत संगीतमा ठुलो लगाव भएको कारण आफ्नो फुर्सदको समयमा गीत संगीत साधनामा बिताउछ्न । आफुले कमाएको धन बाट नेपाली गीत संगीतमा लगानी गरि नेपाली कला र संगीतको क्षेत्र बिस्तारमा सहयोग पुर्याउदै आएका छ्न।

गायक राईले यसअघि ‘ फुलेर फुल ‘ ‘ अरुले भन्दा ‘ ‘ तिम्रो हातमा ‘ जस्ता गीतहरु सार्वजनिक गरिसकेका छ्न। केही दिन अघि उनको नयाँ म्युजिक भिडियो ‘ सुनसान रातमा ‘ सार्वजनिक भएको छ। सेन्टिमेन्टल पप भर्सनको ‘ सुनसान रातमा ‘ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन।

यस गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

प्रतिक्रिया