गायिका किसु गुरुङ को “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।

इनेप्लिज २०७६ जेठ २ गते १०:३० मा प्रकाशित

लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ । नारीहरुको पिडामा आधारित बास्तविक गीतको भिडियो बजारमा सार्वजनिक भएको हो ।

ग्रामिण परिवेशमा छायाँकन गरिएको र लोक संस्कृती जर्गेना गर्ने किसिमले त्यसको संगीत बनाइएको हुनाले पनी गीतको भिडियोमा मौलिकता रहेको छ । गीतमा माइति र चेली विचको मार्मिक सम्वादलाई गीत मार्फत प्रमोद चाम्लिङले समेटेका छन । गीतमा संगीत राज रोबर्ट अजनबीर एरेन्ज राजु कार्किले गरेका छन ।

जिवन मुकारुङ/ मन्दिप राई को छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “छोरीको जन्म ” गीतको भिडियोमा रमा राई , डाँडा ठुलेको नाती र निश्चल चाम्लिङ र साथीहरुको निकै मनछुने अभिनय रहेको छ ।
“छोरीको जन्म ” गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया