सोमबार, भदौ ९ २०७६
काठमाडौं ००:४९
वासिङटन डिसी 15:04

एनआरएन अमेरिकाको निर्वाचनमा मतदान बहिस्कार गर्ने घोषणा : गोबिन्द कोइराला

इनेप्लिज २०७६ जेठ २ गते ०:५६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हरनडन निवासी तथा सामाजिक अभियन्ता गोबिन्द कोइरालाले आगामी मे १८ र १९ का दिन एनआरएन अमेरिकाको निर्वाचन चरम बिबादमा चुलिएपछि मतदानको बहिस्कार गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक संजाल अनुहार किताव मार्फत प्रधानमन्त्री भन्दा मन्त्री ठूलो,मन्त्रालय भन्दा विभाग ठूलो अनि विभाग भन्दा जिल्ला स्थित कार्यलय ठूलो कदापी हुनै सक्दैन भन्दै मतदान नगर्ने र असफल वनाउन समेत अनुरोध गरेका छन् ।

केही दिन देखि गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका विवादको चरम भुमरीमा परेको ,अध्यक्षका प्रत्यासी तथा वरिष्ठ उपाध्यक्षको वेबसाइट निर्माणमा संलग्नता भएको प्रमाण बाहिर आएको ,मतदाताको व्यक्तिगत विवरण बाहिर आएको जस्तो बिषम परिस्थितिलाई मध्य नजर गर्दै क्षेत्रीय संयोजकले चुनाव रोक्नु भन्ने निर्देशनलाई समेतलाई बेवास्ता गर्दै चुनाव गराउने हुँदा कोइरालाले उक्त निर्णय गरेका हुन् ।

उनि लेख्छन हामी( मतदाता )ले आदेश र निर्देशन मान्ने भनेको आईसिसी को हो ,आईसि सीले विवाद मिलाएर निर्वाचन गर्नु भन्दा भन्दै जवर्जस्ति गरिन लागेको निर्वाचनको औचित्य भनेको साना केटाकेटीले वाटोमा ढुंगा वटुलेर घर वनाई खेले जस्तै हो भनेका छन् ।

उनि अगाडी लेख्छन ,एन आर एन को विश्व सन्जालले मान्यता दिन्न भन्दा भन्दै अघि वढ्ने संस्थाको हैसियत नेपाली समाज टेक्सस,डिसी नेपाली समाज वा कुनै क्षेत्रीय समाज भन्दा माथि हुनै सकिदैन भनि सामाजिक संजाल मार्फत आफ्ना कुराहरु पस्किएका छन् ।

उनि अगाडी लेख्छन ,आई सि सी ले मान्यता नदिने निर्वाचनमा सहभागी हुनुको कुनै पनि औचित्य छैन। त्यसैले म आफूले यो निर्वाचनमा मतदान नगर्ने र सम्पूर्ण एन आर एन का शुभेच्छुक साथी र उमेदवार हरुलाई पनि राजा ज्ञानेन्द्रकै शैलीमा गरिन लागेको हुकुमी निर्वाचनको पूर्ण वहिष्कार गर्दै असफल वनाउन अनुरोध समेत गरेका छन् ।

कोइराला चित्त नबुझे पछि तुरुन्तै लेख्न खप्पिस छन । उनि थिचो मिचो सहदैनन । नियम भन्दा बाहिर गएर काम गर्ने संग उनि सामाजिक संजाल मार्फत बिष वमन पनि गरि हाल्छन । हुन् न नेपाल देखी नै आफुलाई चित्त न बुझेमा बुलुन्द आवाज बनाउन पछि न हट्ने कोइरालाले सामाजिक संजाल मार्फत अनगिन्ती कुराहरु एनआरएन अभियानमा लागेका तथा मतदाता तथा संस्थापन पक्षलाई ध्यानाकर्षण गराई रहेका छन् । उनि कुरा पस्किन र कलम घुमाउन सिपालु छन् ।

उनको कुराको चुरो र आवाज बुलन्द पार्नुको मुख्य उद्देस्य एनआरएन रामो हुन् सकोस र सबैको सांझा हुन् सकोस भन्ने रहेको बुझिन्छ । कोइराला संस्थालाई औधि माया गर्छन । उनीले उठाएका आवाजहरु सुनिएका छन् ।

प्रतिक्रिया