पासपोर्ट डिसी अन्तर्राष्ट्रिय कूटनीतिक बारेमा ज्ञान हासिल गर्ने एउटा माध्यम -डिग बहादुर तामाङ्ग

इनेप्लिज २०७६ जेठ १ गते २३:४७ मा प्रकाशित

मे महिना हुने पासपोर्ट डिसीको माध्यबाट अमेरिकाको राजधानी वासींटन डिसीमा रहेका अन्तर्राष्ट्रिय कूटनीतिक बारेमा ज्ञान हासिल गर्ने एउटा माध्यम पनि हो ।

साँस्कृतिक पर्ययन डिसी वासींटन डीसिमा रहेका विश्वभररिका राजदूतावासहरुले बर्षको एक दिन आफनो देशको पर्यकीय स्थानहरुको, कला महिमाहरुको विभिन्न भेषभुसाहरुको ती देशका मानिसहरुले वासींटन डिसी स्थित राजदूतावासहरुमा गएर ती देशको रहन सहन रितीरिवाज साँस्कृतिक पर्ययन क्षेत्रहरुको राम्रोसंग बुझने मौका पनि हो ।

मे महिनाको एक तारिखदेखि ३१ तारिख सम्म वासींगटन डिसीको सेरोफेरोमा रहेका १७९ देशको राजदूतावासको ढोका खोलेर आफनो देशको संस्कृती, खाना कला प्रर्दशनी गर्ने महोत्सवलाई डिसी पासपोर्ट भनेर चिनिन्छ । नेपाल राजदूतावासले पनि तत्कालिन कार्यवाहक राजदूत कालिप्रसाद पोखरेलको पालामा सन २००७ सालदेखि अनवरतरुपमा भाग लिंदै आएको छ ।

नेपाली परिकारहरु सेलरोटि, आलूको अचार, कूखुराको मासुको छोइला, मासु चिउराहरु ख्वाएर मनाउन थालेको पनि १२ बर्ष भै सक्यो । झण्डै तिन हजार भन्दा बढि मानिसहरुको स्वागतको लागि यसपाली पनि मे महिनाको ४ चार तारिखको शनिवारको दिन विहाना नौबजे देखि हालको राजदूूतावासको चान्सरी २७३० ३४ल्पेस नर्थवेष्टमा वासींटन डिसीमा महामहिम राजदूतज्यू डा.अर्जुन कुमार कार्की लगायत उप नियोग प्रमुख जीवन प्रकाश श्रेष्ठ, सैनिक तथा रक्षा सहचारी कर्णेल कार्की प्रथम सचिब चक्रसुवेदी र थर्ड सेक्रेटरीहरु कोहि स्वागत द्वारमा बसेर आउने पाहुनाहरुलाई स्वागत गरि बसेको थियो भने, उप नियोग प्रमुख तथा अन्य कुटनैनिक अधिकृतहरु र स्थानीय कर्मचारीहरुलाई आउने पाहुनाहरुसंग ।

सबैभन्दा आकर्षण यसपाली नेपाल राजदूवासले स्वगात गर्न नर्थन भर्जिनिय सेन्टरभिल स्थित नेपाली पाठशालाकी संचालिकाहरु बिना खडका लामा र अमेरिकन नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराईकी सौजन्यताबाट आउनु भएका सानुभाई बहिनीहरुले देखाएका नेपाली नाच र सुदुर पश्चिम अन्चलका द्यौडानृत्य निकै रोजक र नयाँखाले देखिन्थ्यो ।

नेपाली राजदूतावासले अमेरिकन विश्वविद्यालयको वास्किानसिन अभिन्यूको हल भाडामा लिएर स्थानीय नेपाली कलाकारहरुको सहयोगमा नेपाली नृत्यसाँगितिक कार्यक्रमहरु देखाइ रहेका छन भने, वासींटन डिसीको प्रख्यात मानिने अमेरिकन क्यापिटलहिल अगाडीको स्वतन्त्र अभिन्यूमा नाचगान झाकीहरु लाखेनाचहरु पनि देखाई दिएको छ ।

नेपाली सेफहरुले –भान्सेहरुले यहाँका प्रख्यात भवन रोनाल्ड रेगन भावनमा गएर रहेक राजदूतवासको सौजन्यताबाट आफनो देशको परिकार पकाएर ख्वाएको पनि छन ।तर सर्वसाधारण व्यक्तिहरुका लागि जति सजिलो तरिकाले विभिन्न देशका राजदूतावासले स्वागत सतकार गरे पासपोर्ट डिसीको उत्सवको बेला त्यतिनै गाह्रो छ ति देशका प्रवेशज्ञ –भिसा पाउन पनि । एशियन मुखुकका बासिन्दलाई यूरोप अमेरिकाको भिसा पाउनु भनेको फलमको चिउरा चपाउनु जस्तै हो ।

हरेक देशले आफनो देशको स्वतन्त्रलाई सर्वपरि राखेर मात्रै भिसा जारी गरिन्छ । तर हाम्रो देशको चलन अर्कै छ, अतिथीदेव भव जो आउछन त्यहि व्यक्तिलाई स्वागत गर्न हाम्रो कर्तव्य ठान्छन हाम्रो सांस्कृति । अरु देशको प्रवेशाज्ञा को लागि फाराम भर्दा तीन पुस्ते नै खोल्न लाँउछन, रोगि निरोगिको फिरस्त नै बुझाउन पर्छ ।

बैंक ब्यालेन्स देखाउन पर्छ, तर हाम्रोदेश आइदिए पुग्छ, न होटेल रिर्जवेशन नै चाहिन्छ, नस्वास्थ्य सम्बन्धि प्रमाण पत्रै देखाउन पर्छ । यो पंक्तिकारले नेपाल जाँदा एक सय रुपैयाँमा कोठाखोज्न आउने स्वेत बर्णका पर्ययटकलाइै पनि नदेखेको होइन ।

बेला प्रसंसाको कुरा नेपालमा प्रजातन्त्र आए गए फेरि आए अब त राजसंस्थानै गए तर नेपाली प्रवेशज्ञाको आकार कहिले पनि बदलिएनन् जस्तोको त्यस्तै छन । जोकोहिले पनि देख्लान भनेर नेपाली भिसा स्टिकरलाई छोप्न पर्ने अवस्थ छन ।

हाम्रोदेशमा हस्तलिखित राहदानीको सट्टामिशिन रिडएबल आइ सक्यो तर हाम्रो देशको अध्यागमन विभागको आँखा किन परेन आकर्षण भिसा स्टिकर बनाउन ? प्रवेशज्ञा पत्र अथवा भिसा स्टिकर भनेको एकदम आकर्षित देख्नु पर्छ ।

ताकि भिसा स्टिकर त यदि राम्रा छन भने त्यो देश कस्तो होलान भन्ने पर्यटकको मन पर्नु पर्छ । अरु ठाँउमा सफा गर्न नसेपछि अन्तरराष्ट्रिय विमानस्थल देखि मूख्या सडकहरु सफा राख्नु पर्छ देशले । अरुदेशमा अध्यागमनमा बस्ने आकृतिहरु ३० बर्षभन्दा मुनाका कम्मरमा पेस्तोल भिरेर बसेका हुन्छन महिलाहरु प्रहरीहरु हम्रो देशमा भने आफूखूसि पोशकमा बसेका पाइन्छ ।

हरेक व्यक्तिको विवरण नेपालमा आँउनु भन्दा पहिले नै भिसालिने दरखास्तमा उल्लेख गरिएतापनि नेपालमा होटेल वा वस्ने ठाउको लागि पनि बुकिंग व्यवस्थाक अनिवार्य रुपमा गराईनु पर्छ । स्वास्थ्य बीमाको प्रमाणपत्र पनि आउने पर्यटकहरुको राहदानीमा संलग्न हुनु पर्छ जस्तो लाग्छ ।

डिग बहादुर तामाङ्ग
गेथेस्वर्ग शहर, मेरिल्याण्ड

प्रतिक्रिया