बिष्णु माझिको ‘अनुसन्धान’ सार्बजनिक

इनेप्लिज २०७६ जेठ १ गते २१:५८ मा प्रकाशित

काठमाडौँ- धुन नेपालको प्रस्तुतिमा रहेको धेरैको प्रतिक्षामा रहेको गीत ‘अनुसन्धान’ सार्बजनिक भएको छ । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्बजनिक भएको हो। उक्त भिडियोलाई धुन नेपालले बजार ब्यबस्थापन गरेको छ ।

लाखौ लगानीमा निर्माण भएको उक्त गीतमा गायिका बिष्णु माझी र नब गायक अशोक बिकको आवाजमा रहेको छ । निकै मेहनतका साथ् निर्माण भएको उक्त गितमा शब्द सागर रेग्मीले गरेका हुन् भने लय किशोर खत्रीले गरेका हुन् ।

सबैले आशा गरेका निर्देशक डि.आर सुजनको निर्देशनमा रहेको गितमा मोडल किशोर खत्री आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल,राजु गैरे कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगाएत कलाकार हरुको दमदार अभिनय देख्न सकिन्छ ।

गीतलाई धुन नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्तगीत लाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

प्रतिक्रिया