मंगलबार, जेठ ७ २०७६
काठमाडौं ०१:१७
वासिङटन डिसी 15:32

डिसी मेट्रो सप्ताहमा सामूहिक ब्रतबन्धसहित गुन्युचोलीलगायत अन्य पूजाका सेवा तथा सुविधा उपलब्ध हुने

इनेप्लिज २०७६ जेठ १ गते २१:२८ मा प्रकाशित

डिसी मेट्रो सप्ताह महापुराणको अवधिमा विभिन्न निजी पूजा तथा सँस्कारका विधि र धार्मिक कर्महरुमा आआफ्ना विविध गतिविधिहरु सम्पन्न गर्न सकिनेछ । विशेष गरी यस क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली दाजुभाई दिदिबहिनीहरु तथा अमेरिकाको जुनसुकै भूभागमा रहे पनि अमेरिकाभरीबाट जसले पनि सहभागिता जनाउन सकिने उक्त निजी पूजा, सामूहिक पूजा तथा ब्रतबन्ध र धार्मिक विधिसहितका कर्महरुको लागि आवश्यक शुल्क समेत निर्धारण गरिएको छ ।

शुल्क सम्बन्धी जानकारी यस प्रकार रहेको छ-

निजी पूजाहरु १. जन्मोत्सव पूजा, २. पाश्नी पूजा, ३. ग्र्याजुएसन पूजा, ४. नवग्रह शान्ति पूजा, ५. महासंकल्प, ६. पितृसूक्त पाठ, ७.महामृत्युन्जय पाठ, ८.गुन्युचोलो जस्ता विविध कर्महरु सम्पन्न गर्न चाहेमा ३०० डलर शुल्क तिरी गर्न सकिनेछ । यसको लागि ३०/३० मिनटको समयावधि रहनेछ ।

त्यसै गरी ब्रतबन्ध संस्कार गर्न चाहने परिवारको लागि प्रति बटुक ७०० डलर लाग्नेछ । गुरु/ पण्डित तथा पूजा सामग्री तथा अन्य सरसामानको बारेमा ज्योतिष पन्डित राजेन्द्र खनाललाई सम्पर्क गर्न सक्नु हुनेछ । पुराणअवधिभर पूरै समय कर्ता रहन चाहनेहरुको लागि ५०० डलर लाग्ने छ ।

यी सबै सुविधा लिएबापत शुल्क तय गर्ने कुरा सर्वसम्मत निर्णयले पारित भएको छ ।

यस क्षेत्रमा बसोबास गरिरहनु भएका सवै नेपाली परिवार एवं व्यक्तित्वहरु समावेश हुने गरी खुला गरिएको सप्ताह महापुराण मुल आयोजक समितिमा हालसम्म १००१ सदस्य भन्दा बढी व्यक्तित्वहरु निश्चित भइसकेको छ । अमेरिकाको राजधानी जस्तो ठाउँमा यस्तो विशाल कार्यमा आफ्नो तथा परिवारको सहभागिता जनाई यस्ता खालका कार्यक्रमहरु गर्नु एउटा अवसर मात्र नभएर सौभाग्य पनि हो ।

प्रत्येक सोमबार साँझ ८ बजेको कन्फरेन्स कल बैठकमा सहभागी सवै सामाजिक अभियन्ताहरुबाट सर्वसम्मतीले यस्ता निर्णयहरु लिने गरेको छ ।

साथै नेपालबाट मगाइएको डिसी मेट्रो सप्ताह लेखिएको विशेष कलश यात्रामा भाग लिन चाहने भक्तजनहरुको लागि कलशको भेटी ५० डलर तोक्ने निर्णय भएको पनि जानकारी गराइएको छ । पुराण अवधिभर आफ्नो नाम लेखिएको उक्त कलश पुराणअवधिभर स्थलमै रहने र पुराण सम्पन्न गरेपछि उक्त कलश आफूले सम्झनास्वरुप घरघरमा लिएर जाने व्यवस्था गरिएको जानकारी दिइएको छ ।यसका लागि मन्जु संग्रौला, विजया शाह आदि महिला दिदी बहिनीहरुले संयोजन गरिराख्नु भएकोले उहाँहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।भजन तथा बाद्यबादन टिममा आउन चाहनेहरुले राजन अधिकारीलाई सम्पर्क गर्नुहोला । अन्य स्वयंसेवक टिमहरु पनि बनाउनु पर्ने भएकोले यसका लागि इच्छुक व्यक्तिहरुले कृपया सिधै तलका नम्बरहरुमा सम्पर्क गरी आफ्नो नाम र सम्पर्क अनि कुन टिममा बसी काम गर्ने टिपाउनु होला । अन्य आवश्यक टिम तथा कमिटीहरु –

१. ट्राफिक/ पार्किंग व्यवस्थापन कमिटी

२. यज्ञ मण्डप व्यवस्थापन कमिटी

३. सरसफाई तथा आन्तरिक व्यवस्थापन कमिटी

४. अतिथि स्वागत व्यवस्थापन कमिटी

५. दाता स्वागत/ सम्मान व्यवस्थापन कमिटी

डिसी मेट्रो क्षेत्र भर्जिनियामा सबैलाई सेन्टर पर्ने गरी निर्माण गर्ने लक्ष्य राखिएको नेपाली सामुदायिक केन्द्रको आधिकारिक नाम नेपाली अमेरिकन कम्युनिटी सेन्टररहने भएको छ । यो कम्युनिटी सेन्टर निर्माणार्थ करिब तीन मिलियन अमेरिकी डलर संकलन गर्नका लागि यही जुन २२ देखि २९ सम्म आयोजना गरिने डिसी मेट्रो सप्ताह महापुराणको तयारीका लागि जोडिनु होला तथा विभिन्न ठाउँमा भईरहेका स्थानीय बैठकमा पनि भाग लिनु होला । धन्यवाद ।

डिसी मेट्रो सप्ताह महापुराणको लागि सम्पर्क (571) 438-5499, (703) 870-6480, (703) 909-7123, (703) 314-6945, (202) 320-6115 लगायत तलका कुनै पनि नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया