विवाह अगाडि आमा बन्दै नायिका ब्रुना अब्दुल्लाह

इनेप्लिज २०७६ जेठ १ गते ११:५९ मा प्रकाशित

बलिउडमा नायिकाहरू बिहे अगाडि नै आमा बन्न लागेको खबर बाहिरिएका छन ।

केही समयअघि बलिउड नायिका एमी ज्याकसनले बिहे नगरी आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन् । मोडल तथा नायिका ब्रुना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ । ब्रुना बाज्रिलियन मोडल हुन् ।

उनले ग्रान्ड मस्ती, हेट लभ स्टोरी, क्यास, जय हो, देशी ब्वाइज, मस्तिजादेलगायतका हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् । यसका साथै विभिन्न रियालिटी सो, कमेडी क्लासमा पनि काम गरेकी छन् । ब्रुनाले गत जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन् ।

बनाले आफू प्रेमीसँग निकै खुसी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन् । उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन । हाल उनी पाँच महिनाकी गर्भवती छन् ।

प्रतिक्रिया