उपप्रधानमन्त्री उपेन्द्र र पत्रकार सुशील काण्ड: उपेन्द्रका पाटी सदस्य र नागरिक अभियन्ता बिच अन्तरवार्तामै झन्डै कुटाकुट। (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १ गते ११:१४ मा प्रकाशित

उपप्रधानमन्त्री उपेन्द्र यादब ले नेतृत्व गरेको समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य राम प्रसाद रिजाल ले एभिन्युज टिभीका पत्रकार सुशील पाण्डेले उपेन्द्र यादब प्रती अपमान पुर्ण व्यवहार गरेको ले सुशीलमाथी कारबाही हुनु पर्ने बताएका छन । कुण्ठा पुर्ण आक्रोश मिसिएका पुर्वाग्रही दुव्र्यवहार गर्नु पत्रकारको आचारसंहिता भन्दा फरक कुरा भएको भन्दै उनले संघीयता समाजबादी पार्टीले नेपालका उत्पीडित जाती समुदायलाई अधिकार दिन अधिकार सम्पन्न संघीयता को जगलाइ बलियो बनाउदै मुलुकलाई समाजबादी समृद्धि दिएर देशको र जनतालाइ सुखी र खुसी बनाउने सपना बोकेको पार्टी भएको दाबी गरेका छन भने सोही कुराकानिमा नागरिक अभियान्ता ज्ञानेन्द्र साही ले भने पत्रकारले नभै उपेन्द्र यादबले दुव्र्यवहार गरेको उल्लेख गरेका छन ।

पत्रकारले खरो र चर्को प्रस्न गर्नु स्वभाबिक भएको भन्दै साही ले पत्रकारको प्रस्न को गैर जिम्मेवार जवाफ दिनु र माइक फ्याक्दै दुव्र्यवहार गर्नु पदिय मर्यादाको खिलाप भएको जिकिर गरेका छन । समाजबादी पार्टी र तिनका नेताहरु मुलुकलाइ अस्थिर राख्ने र वैदेशिक सक्तीका स्वार्थमा लिप्त रहेको ले मुलुकलाई थप सङ्कट मा पार्ने कुकार्य भै रहेको आरोप समेत लगाएका छन हेरै खरो कुराकानी |

प्रतिक्रिया