सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:३८
वासिङटन डिसी 23:53

मेरिल्याण्डमा उप नगर प्रमुख बिजेता किरण सिटौलाले बुद्ध धर्म ग्रन्थ दोमाङ्ममा सपथ ग्रहण

इनेप्लिज २०७६ जेठ १ गते २:१६ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नगरपालिकामा उप नगर प्रमुख(भाईस मेयर) मा दोश्रो पटक बिजयी भएका किरण सिटौलाले बुद्ध धर्म ग्रन्थ दोमाङ्गमा सपथ लिएका छन् । उनले बख्खु लगाएर सपथ ग्रहणमा पुगेका थिए । उनले हिमाली भेगका सम्पूर्ण नेपाली बिशेष गरेर शेर्पा ,गुरुङ र थकाली समुदायको उच्च कदर गर्दै सपथ लिएका छन् ।

सन् २०१५ मा पहाडी पोशाक दौरा सुरुवाल र ढाका टोपी लगाएर गएका थिए । अर्को चुनाव जितेमा तराईवासीको पोशाक धोति लगाउने बचन गरेका छन् । मंगलबार मे १४ का दिन मेरिल्याण्डमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि )सिटौला परिवार,आफन्त ,नातेदार ,मातापिता ,नेपाली समुदाय तथा आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको थियो ।

पहिलो पटक ४ बर्ष अगाडी सन् २०१५ मा उप नगर प्रमुखमा बिजयी भएका सिटौला यस पटक सन् २०१९ मा पनि उप नगर प्रमुखमा बिजयी भएका हुन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबैभन्दा पहिला उप नगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् । बर्ष २०१९ मा सम्पन्न भएको टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा ६ जना उम्मेदवार मध्ये सिटौलाले दोश्रो ज्यादा मत ल्याए पछि उनि उप नगर प्रमुखमा निर्वाचित भएका थिए ।

सबै भन्दा ज्यादा मत ल्याउने नगर प्रमुख ,मतमा दोश्रो हुने उप नगर प्रमुख तथा मतमा तेश्रो हुने नगर परिसद सदस्य हुने हुनाले सिटौला दोश्रो पटकको लागि उप नगर प्रमुखमा निर्वाचित हुन् सफल भएका थिए ।

२४ बर्ष अगाडी अमेरिका आएका ४५ बर्षिय सिटौलाले अर्को ४ बर्षको कार्यकाल सम्म सेवा गर्ने अवसर पाएका छन् । बुढानिलकण्ठबाट १० कक्षा उत्रिण गरे पछि उच्च शिक्षा को लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड आन्तरिक राजश्व विभागमा सूचना सेवामा कार्यरत छन् ।

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन् ।

 

प्रतिक्रिया