सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:५६
वासिङटन डिसी 00:11

न्यू योर्क क्विन्स कि महिला अध्यागमन अधिवक्तालाई जालसाजी गरि शरणार्थीको कागजात बुझाएको आरोपमा ५ बर्षको कैद

इनेप्लिज २०७६ वैशाख ३१ गते १०:५४ मा प्रकाशित

न्यू योर्क क्विन्स कि महिला अध्यागमन अधिवक्तालाई जालसाजी गरि शरणार्थीको कागजात बुझाएको आरोपमा ५ बर्षको कैद अदालतले सुनाएको छ । गत मे ९ ,२०१९ का दिन उनलाई सजायको फैशला भएको सूचना युएससीईए आधिकारिक संजालमा प्रकाशित भएको छ ।

एन्ड्रीया डुमिट्रु नामक वकिल न्युयोर्कको क्विन्स क्षेत्रमा कानुनी ब्यबसाय संचालन गर्दै आई रहेकी छिन् | उनले ग्राहकका नक्कली कागजात बुझाएकोले उनलाई कैद सजाय सुनाइएको छ ।

उनले गत बर्ष नोभेम्बर १९ ,२०१८ का दिन अध्यागमन अधिकारीहरुलाई किर्ते कागजात बुझाएकी थिइन् । न्यायाधिसले राष्ट्रको अध्यागमन पद्धतिलाई झुटो र ढाटेको भन्दै ५ बर्ष कारागारको सजाय सुनाएका थिए ।

यसै गरि उनले २०१३ देखि २०१७ सम्म आई ५८९ (i -589 ) आबेदन पत्र नक्कली बुझाएकी थिइन् । उनले सयौ यस्ता शरणार्थीका कागजात बुझाएकी छिन् भनि उक्त छापा बिज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया