प्रम ओली कम्बोडियामा

इनेप्लिज २०७६ वैशाख ३० गते ११:२४ मा प्रकाशित

कम्बोडिया,वैशाख २९ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभएको थियो ।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँको भ्रमणमा आउनुभएको हो ।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत हुुनुहुन्छ ।

प्रतिक्रिया