सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:४२
वासिङटन डिसी 23:57

मेरिल्याण्डमा नेपाली किशोरी सभाना जोशीलाई जिमनास्टिक प्रतियोगितामा स्वर्ण पदक

विजय थापा २०७६ वैशाख ३० गते ०:१४ मा प्रकाशित

मे १२ ,डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी किशोरी सभाना जोशीले जिमनास्टिक प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी छिन् । अमेरिकामा जन्मेकी दोश्रो पुस्ताकी जोशीले मे १२ का दिन मेरिल्याण्डमा सम्पन्न स्टेट च्याम्पियनशिप प्रतियोगितामा उनलाई प्रथम स्थान हासिल भएको छ ।

१३ बर्षिय सभाना जोशी मेरिल्याण्ड राज्यको अरुणडेल माध्यमिक बिद्यालयमा ७ कक्षामा अध्ययनरत छिन् । स्वर्ण पदक बिजेता सभाना जोशी एनपीपीएका वर्तमान अध्यक्ष तथा सूचना प्रविधिका अभियन्ता राजु जोशी तथा शिलु जोशी कि कान्छी सुपुत्री हुन् ।

सभाना मेरिल्याण्डको विन विन जिम्नास्टिक केन्द्रमा बिगत ५ बर्ष देखि जिमनास्टिक सिक्दै आई रहेकी छिन् । उक्त प्रतियोगिताको लागि बाबु राजु जोशी तथा आमा शिलु जोशी आफ्नी छोरीको प्रस्तुत अवलोकन गरेका थिए ।

मातापिताले ईनेप्लिज संग कुरा गर्दै छोरीले यसरी स्वर्ण पदक ल्याउदा निकै हर्षित भएको र उनलाई अझ हौशला प्रदान गरेको बताए ।

प्रतिक्रिया