सोमबार, साउन ६ २०७६
काठमाडौं १०:०८
वासिङटन डिसी 00:23

ईन्जाद्वारा मिडिया काउन्सिल विधेयकको निन्दा

इनेप्लिज २०७६ वैशाख २९ गते २३:२८ मा प्रकाशित

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)ले मिडिया काउन्सिल विधेयकको निन्दा गर्दै छापा बिज्ञप्ति जारी गरेको छ । ईञ्जा मुख्यालय वाशिङ्गटन डिसी बाट गत मे ११, २०१९ दिन जारी उक्त छापा बिज्ञप्तिमा ईञ्जा नेपाल सरकारबाट हालै संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकले प्रस्तावित मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन सक्ने ठहर गर्दै यस कदम प्रति कडा आपत्ति जनाउन चाहन्छ भनि सरकारको ध्यानाकर्षण गरेको छ ।

साथै नेपाल पत्रकार महासंघले नेपालमा शुरू गरेको दवाव र विरोधको कार्यक्रमप्रति ईञ्जाले ऐक्यबद्धता जनाएको जानकारी गराउंदै ईन्जाका सवै महादेशीय कार्यालय एवं सवै राजनीतिक दल, वुद्धिजिवी वर्ग र जनसाधारणलाई समेत यस अभियानलाई सहयोग प्रदान गर्न इन्जा अनुरोध गरेको छ ।

ईन्जा उक्त विधेयक तत्काल फिर्ता लिई नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि अन्तर्राष्ट्रिय मूल्य,मान्यताका आधारमा उक्त विधेयकका विवादास्पद दफाहरुलाई तुरुन्त संसोधन गर्न नेपाल सरकारलाई अनुरोध गरेको उक्त छापा बिज्ञप्तिमा जनाएको छ ।

 

प्रतिक्रिया