बुधबार, साउन १ २०७६
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डसँग पाकिस्तान १२ रनले पराजित

इनेप्लिज २०७६ वैशाख २९ गते १२:१० मा प्रकाशित

लण्डन, २९ वैशाख । पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको खेलमा इंग्ल्याण्डका लागि जोस बट्लरले एक सय १० तथा जेसोन रोयले ८७ र इयोन मोर्गनले ७१ रन बनाए ।

यस्तै जोय रुटले ४० रनको योगदान गरे । बटलरले ५० बलमा शतक पूरा गरे । उनी कम बलमा शतक बनाउने दोस्रो इंग्लिस खेलाडी बनेका छन् ।

जवाफमा पाकिस्तान ५० ओभरमा सात विकेट गुमाउँदा तीन सय ६१ रनमा अलआउट भयो । जसका लागि फकर जमालले एक सय ३८ तथा आदिल रासिदले ५१ रन बनाए ।

रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा पाकिस्तान जितको नजिक पुगेपनि सफल हुन सकेन । जितसँगै पाकिस्तानले ५ खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।

प्रतिक्रिया