व्यंग्य ; एन आर एन चुनाव अनि फेस्बुक: अर्जुन दाहाल

इनेप्लिज २०७६ वैशाख २९ गते ११:३८ मा प्रकाशित

अहिले आ-मरिखामा एन आर एन (कसै कसैले ए नारान पनि भन्छन क्यारे) चुनावको सरागर्मी चर्किएको छ । कसैका ब्याक्तिगत पार्टी देखी सामुदायिक कार्यक्रम ,पिक्निक देखी बेबी सावर सम्ममा यिनै ए नारानका कुराले छपक्कै छोपेको सुनिन्छ । अन्य बिबिध संस्थाका चुनावले थलिएका सदस्यहरु यो ए नारान वाला चुनावले झन पिल्सिएका छन । च्याप्टर वाला चुनावमा क्रस स्टृटका एउटै पदमा उठिदिन्छन अनि भोट माग्न दैनिक छिमेकमा आएर “छी – मेक” मा परिणत गरिदिन्छन भनेर गुनासो नुन चिनी पानीले सुन्ने गरेको छ ।

अब फेस्बुक तिर ढल्किउँ । जुके सोल्टिले बनाइदिएको यो भाँडो न कहिले रित्तिदो रहेछ न भरिंदो रहेछ,पोख्ने र खन्याउँने क्रम जारी छ । अहिले ए नारानका उम्मेद्वारहरु हरेकका कम्तिमा ५,७ वटा फ्लाएर २,३ वटा घोषणा पत्र र ५०, ६० जना समर्थकका आँखा र बुडी औँला यही जुके सोल्टीको भाँडोमा पोख्न खन्याँउनमा ब्यस्त छन । सस्ता अन्लाईन मिडियाहरु पनि अफ्नो वेव्साईडमा राखिएका ठुटे उम्मेद्वारी, तिनिहरुको फिर्ता र कुराकानी पनि यही भाँडोमा पोखेको देख्दा फेस्बुक बिना त अहिलेको पत्रकारिता नै चल्दैन कि जस्तो देखिँदै आएको छ । गाउँघरमा वारी स्याल कराउँदा परी पनि कराएको सुनेंको कान र फेस्बुकमा यता एउटाले टाँस्ने बित्तिक्कै उता अर्कोले टाँसेको हेर्ने आँखा उस्तै उस्तै लाग्नु संयोग मात्र होइन । केहिले त कर्मचारी नै खटाएको सम्म खबर आएको छ तर बिना प्रमाण पुस्टी भने भएको छैन ।

यहाँ उठाउंनु पर्ने अर्को कुरा म्यासेन्जरमा मलाई सपोर्ट चाहियो, मलाई इन्डोर्स गरिदिनु पर्‍यो, भनेर म्यासेज आएको आएकै छ । पहिले भेट्दा एक धार्निको नाँक अर्को तिर फर्काउँनेले पनि फ्रेन्ड रिक्वेस्ट पठाएको पठाएकै छन । म्यासेजमा पनि नमस्कार सर ,गुड मर्निङग सर्,”अरे बाफ्रे” पैसा मागे पनि दिउँला जस्तो गरी कुरा गरेको देख्दा यो चुनाव भरि चाहिँ यिनिहरुले राम्रै समाजसेवा गर्छन भन्ने भान भएको छ ।

सर्वसाधारणको समस्या चाहिं अर्कै छ । एउटाकोमा बेस्ट वेइसेस लेख्यो भने अर्को रिसाउँने, एउटाको लाईक हान्दिए अर्को रिसाउँने, कमेण्ट शेयर गर्दाको समस्या पनि काम छैन । “ए त्यस्कोमा किन लाईक कमेण्ट शेयर गरेको”? भनेर बाटो छेक्लान जस्तो गर्छन गाँठे ।

निस्कर्षमा यो फेस्बुकले ए नारान चुनावलाई प्रचार प्रसारको मुख्य मिडियाको काम गरिरेहेको देखियो । सदुपयोग गर्नु वा दुरुपायोग गर्नु, मन्छेलाई दु:ख दिनु वा जान्कारी शेयर गर्नु तँपाइको बुद्दिमतामा भर पर्ने कुरा “नुन चिनी पानी”जाहेर गर्दछ ।

प्रतिक्रिया