ब्रिटिश कोलम्बिया का आदिबासी बिद्यार्थीहरु धिमे र मादलको तालमा रमाए

इनेप्लिज २०७६ वैशाख २९ गते ३:१२ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिले हालै ब्रिटिश कोलम्बिया प्रान्त बाट आएका आदिबासी समुदायका बिद्यार्थीहरुको समुहलाई स्वागत कार्यक्रमको आयोजना गर्यो । ” टोरोन्टो डिस्ट्रिक्ट स्कूल बोर्ड बिद्यार्थी आदान प्रदान कार्यक्रम” अन्तर्गत स्कार्बोरो स्थित डब्लु. ए. पोर्टर कलेजियट बिद्यालयको संयोजकत्वमा संचालित उक्त बिद्यार्थी आदान प्रदान कार्यक्रममा ब्रिटिश कोलम्बिया बाट बिद्यार्थी तथा शिक्षक सहितको एक टोली हालै टोरोन्टो भ्रमणमा आएका थिए ।

सो कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका महा सचिब बिमल श्रेष्ठले बिद्यार्थी समुहलाई स्वागत गर्न पाएकोमा खुशी प्रकट गर्नु हुदै गुठिको कृयाकलाप बारे जानकारी दिनु भयो ।ब्रिटिश कोलम्बियाटोलीका संयोजक शिक्षक माईकले टोरोन्टोमा नेपालको नेवाः समुदायको खाना “समे बजि”तथा सस्कृतिको अनुभब गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।टोरोन्टो समुहका संयोजकले क्यानडाको बिबिधता बारे प्रत्यक्ष  अनुभब गर्न पावस भन्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको हो भन्नु भयो ।सो बिद्यालयका उप प्राचार्य श्यरोन रामलोचनले गुठि द्वारा गरिएको यो स्वागत कार्यक्र्म प्रति आभार ब्यक्त गर्नु हुन्दै थप त्यसमा नेवाः समुदायको खाना “समे बजि” तथा सांगीतिक प्रस्तुतिले कार्यक्रम स्मरणयोग्य हुने बताउनु भयो ।

शुरुमा अतिथिहरुलाई “समे बजि” बाट सत्कार गरिएको थियो भने त्यसपछि धिमे बाजा प्रस्तुत गरेका थिए । धिमे बाजा पछी नेवाः समुदायको लोकप्रिय गीत ” राजमति कुमति” गीत प्रस्तुत गरेका थिए भने धिमेमा भोटे सेलो तालमा ” चौतारी झ्याङ्ला नानी कान्छा” गीत प्रस्तुत गर्दा सहभागीहरुले रोमान्चित भएर तालीले साथ दिईरहेका थिए। कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ईच्छुक सहभागिहरुलाई मादलको ताल प्रशिक्षण थियो। गुठिका कोषाध्यक्ष नरेश ताम्राकारले मादल र यस्का बिभिन्न तालहरुको परिचय दिनु हुदै तामाङ सेलो ताल सिकाएका थिए । सहभागिहरुले सो ताल तुरुन्तै सिकेर नेपाली लोकगीतमा साथ दिएका थिए जस्मा आदिबासी समुदायको बाजा पनि प्रयोग गरिएको थियो। कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष नरेश ताम्राकारले गुठिलाई नेवाः खाना तथा सांगीतिक संस्कृति परिचय गराउने मौका प्रदान गर्नु भएको मा बिद्यालय प्रति आभार ब्यक्त गरेका थिए।

सांगीतिक कार्यक्रमको संयोजन गुठिका उपाध्यक्ष उत्तम माकजूले गर्नु भएको थियो भने महासचिब बिमल श्रेष्ठ, कोषाध्यक्ष नरेश ताम्राकार, कार्यसमिति सदस्य रिकेशश्रेष्ठले साथ दिनु भएको थियो ।

कार्यक्रममा “समे बजि” तथा रात्रीभोजको प्रायोजन नरेश ताम्राकार , मौसमि ताम्राकार तथा गुठिका अन्य सदस्यहरुले प्रायोजन गरेका थिए। सो कार्यक्रम अन्तर्गत टोरोन्टो बाट शिक्षक सहित २२ जनाको एक टोलीले गएको अप्रिलको तेश्रो सातामा भान्कोभर भ्रमण गरेका थिए । सो कार्यक्रम अबिस्मरणीय रहेको अबिभाबकहरुले जनाएका थिए भने भान्कोभर टोलीका एक शिक्षकले कार्यक्रममा आदिबासि समुदायको संस्कृति मिश्रण तथा स्वीकार्यताले आफु प्रभाबित भएको प्रतिकृया दिनु भयो । त्यस्तै एक जना सहभागि बिद्यार्थीले सांगीतिक प्रस्तुति र मादल सिकाई आफुलाई असाध्यै मन परेको बताउनु भयो ।

प्रतिक्रिया