डिसीमा अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ ) को २३ औ वार्षिक सम्मेलन सुरु

विजय थापा २०७६ वैशाख २८ गते १५:२१ मा प्रकाशित

वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलन सुरु भएको छ ।

मे १० देखि १२ सम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन शुक्रबार नेपाल तथा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली चिकित्सकहरुको जमघटको साथै सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

मे ११ का दिन सुरु भएको नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ ) को २३ औ वार्षिक सम्मेलनमा एएनएमएफका अध्यक्ष डा सन्तोष सापकोटाले सबैलाई स्वागत गर्नुको साथै संस्थाका गतिबिधि तथा आजीवन सदस्यका बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा दर्ता शुल्क एकल सदस्यलाई $ २५० रहेको छ भने जोडीलाई $ ४५० राखिएको छ भने मे ११ का दिन विभिन्न चिकित्सकहरुले बिबिध बिषयमा प्रस्तुति गरेका थिए ।

नेपाल बाट आउनु भएको स्वास्थ्य मन्त्रालयका सह सचिव डा रमेश खरेलले नेपालको स्वास्थ्य सम्बन्धि जानकारी दिनु भएको थियो भने क्यान्सर नियन्त्रण बिषय तथा यसका चुनौती सम्बन्धि कार्यपत्र डा सन्ध्या चापागाई ,जर्मन चिकित्सक एन्ड्री ड्रिउले नेपालको स्वास्थ्य बारे ,डा श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्य नीति तथा मानसिक रोग उपचार आदि सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कु कार्कीले सार गर्भित कुराहरु राख्दै आफू आफ्ना कुराहरु राख्ने भन्दा तपाईहरुको कुरा सुन्न आएको बताउनु भयो ।

यसै गरि कार्यपत्र प्रस्तुत गर्ने संग जिज्ञाशा राखेका थिए । सम्मेलनमा कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) पनि राखिएको छ भने उक्त कार्यक्रममा सहभागी हुन् चाहना राख्नेले $ १०० डलर को दर्ता गराउनु पर्ने छ ।

सम्मेलनमा दर्ता शुल्क $ २५० तिरेकाले पृथक रुपमा कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) शुल्क तिर्नु पर्ने छैन तर फन्डराईजिङ्ग डिनर नामक कार्यक्रममा सहभागी हुनेले $ १०० डलर दस्तुर तिर्नु पर्ने छ ।

सन् १९९७ मा नेपाली मूलका चिकित्सकहरुको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l

गैर मुनाफा सामाजिक संस्थाको रूपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उद्देश्य नेपालका परियोजनालाई सहयोग गर्नुको साथै स्वास्थ्य सेवा पुर्‍याउनु रहेको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया