विमानस्थल एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ

इनेप्लिज २०७६ वैशाख २८ गते ८:४६ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर लुकाएर ल्याएकी थिइन्

प्रतिक्रिया